मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत

सारांश

  • काठमाडौं- पूर्व अर्थमन्त्री रामशरण महतले कर फर्स्योट आयोगका पदाधिकारीलाई लुकाएको भन्ने आरोपको खण्डन गरेका छन्।
  • उनले आफूमाथि लागेको आरोप हास्यास्पद र मिथ्या भएको पनि बताए।
  • महतको पालामा गठित कर फर्स्योट आयोगले राज्यको ढुकुटीमा जानुपर्ने बक्यौता कर बदनियतका साथ छुट दिएको र ढुकुटीमा आइसकेको रकम समेत फिर्ता गरेको आरोप लागिरहेको बेला आयोग गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने महत बोलेका हुन्।

काठमाडौं- पूर्व अर्थमन्त्री रामशरण महतले कर फर्स्योट आयोगका पदाधिकारीलाई लुकाएको भन्ने आरोपको खण्डन गरेका छन्। उनले आफूमाथि लागेको आरोप हास्यास्पद र मिथ्या भएको पनि बताए।

महतको पालामा गठित कर फर्स्योट आयोगले राज्यको ढुकुटीमा जानुपर्ने बक्यौता कर बदनियतका साथ छुट दिएको र ढुकुटीमा आइसकेको रकम समेत फिर्ता गरेको आरोप लागिरहेको बेला आयोग गठन गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने महत बोलेका हुन्।

गैरकानुनी तरिकाले कर छुट दिएको अभियोगमा आयोगका सदस्य सचिव तथा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। आयोग अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेश ढकाल फरार छन्।

‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ। यो जस्तो हाँस्यास्पद कुरा अरु के हुन्छ?’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले भने, ‘आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ। मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु।’

उनले उक्त विषय अदालत पुगिसकेकोले त्यसबारे कुनै टिप्पणी नगर्ने बताए। उनले आफू अर्थमन्त्री हुँदा मुलुकको अर्थतन्त्रलाई उकास्ने काम गरेको दाबी गरे। कर फर्स्योट आयोग गठन, भ्याट कानुनअन्तर्गत नयाँ आधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायत कामहरु आफू अर्थमन्त्री हुँदा भएको उनको भनाइ छ।

‘१२ अर्ब राजस्व उठ्ने मुलुकमा अहिले ६ सय अर्ब राजस्व उठेको छ,’ महतले प्रश्न गर्दै भने, ‘म अर्थमन्त्री हुँदा कांग्रेस नेतृत्वको सरकारले कडा कानुन नल्याएको भए यो सम्भव हुन्थ्यो?।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?