महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७३
|
|
२९४ पटक हेरिएको
Shares
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा

सारांश

  • महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती क्षेत्रका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा देखिएका छन् ।
  • पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा पर्ने जिल्लाको वन क्षेत्रमा दिनहुँ डढेलो लाग्ने क्रम बढेपछि वन क्षेत्रसँग जोडिएका बस्तीमा जोखिम बढेको हो ।
  • दिनहुँ डढेलो लागेको देखिने जिल्लाका बाँके, मरहा, टुटेश्वर र माइस्थान वनक्षेत्रसँगै जोडिएका बर्दिवास नगरपालिकाका भब्सी, ढुङ्ग्रे, गणन्ता, वरडाँडा, टुटेश्वर, चेरु र हालै यसै नगरपालिकामा गाभिएका खयरमारा र हाथीलेटलगायत बस्तीका बासिन्दाले जङ्गलमा डढेलो देखेपछि आगलागीको भयले नसुतीकनै रात कटाउने गरेका छन् ।

महोत्तरी जिल्लाको सुदूर उत्तरवत्र्ती क्षेत्रका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा देखिएका छन् ।

पूर्वपश्चिम राजमार्गको उत्तरदक्षिणमा पर्ने जिल्लाको वन क्षेत्रमा दिनहुँ डढेलो लाग्ने क्रम बढेपछि वन क्षेत्रसँग जोडिएका बस्तीमा जोखिम बढेको हो । दिनहुँ डढेलो लागेको देखिने जिल्लाका बाँके, मरहा, टुटेश्वर र माइस्थान वनक्षेत्रसँगै जोडिएका बर्दिवास नगरपालिकाका भब्सी, ढुङ्ग्रे, गणन्ता, वरडाँडा, टुटेश्वर, चेरु र हालै यसै नगरपालिकामा गाभिएका खयरमारा र हाथीलेटलगायत बस्तीका बासिन्दाले जङ्गलमा डढेलो देखेपछि आगलागीको भयले नसुतीकनै रात कटाउने गरेका छन् ।

हिउँदमा वन क्षेत्रका रुखबाट झरेका पात चर्को घामले खरिएका हुँदा त्यसमा आगाको झिल्काले भेट्नासाथ सल्किई डढेलो बढ्ने गरेको छ ।

आफ्नो बस्ती नजिकैको वनमा दिनहुँ देखिने डढेला््को त्रासले कुनै रात राम्ररी सुत्न नपाइएको चेरुका बासिन्दाले  बताए ।

डढेलो लगाउनेमाथि निगरानी बढाइएको वनका अधिकारीले बताए पनि अहिलेसम्म सो अभियोगमा कसैलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन । जिल्लामा धार्मिक, साझेदारी, सामुदायिक र निजी गरी करिब नौ हजार हेक्टरमा वनक्षेत्र रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा यसपालि पनि २०० हेक्टरभन्दा बढी क्षेफलका रुखबिरुवा डढेलाले सखाप पारिसकेको वन कार्यालयका कर्मचारीले नै स्वीकार गरेका छन् । यस क्षेत्रका सामाजिक, राजनीतिक कार्यकर्ता र सर्वसाधारणले भने डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले कानुनअनुसारको कडा कारबाही गर्न थाले केही नियन्त्रण हुने सुझाव दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै
भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै
डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन : उपप्रधानमन्त्री यादव
सुरक्षा गार्ड गुरुङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन
सुरक्षा गार्ड गुरुङलाई रिहाइ गर्न गृहमन्त्रीको निर्देशन
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको छःराष्ट्रपति
प्रचण्ड भेट्न राष्ट्रपति भण्डारी दाहाल निवासमा
प्रचण्ड भेट्न राष्ट्रपति भण्डारी दाहाल निवासमा
वर्षा भएपछि गहुँबालीमा राहत
वर्षा भएपछि गहुँबालीमा राहत
जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश
जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ४ जनाको मृत्यु, २५ घाइते
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ