राजपा कार्यकर्ताद्वारा सांसद र उम्मेदवारको गाडी तोडफोड
सारांश
- महोत्तरी बन्दको अवज्ञा गरेको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले महोत्तरी क्षेत्र नम्बर ५ का एमाले सांसद दीपनारायण शाहको गाडीमा तोडफोड गरेका छन् ।
- बन्दको अवज्ञा गर्दै बाटोमा गाडी कुदाएको र रोक्न आग्रह गर्दासमेत नरोकेपछि आक्रोशित कार्यकर्ताले गाडीको सिसा फुटाएको राजपा महोत्तरीका अध्यक्ष मण्डलका सदस्य अभिराम शर्माले बताए ।
- सांसदद्वारा कारबाहीको माग सांसद साहले गाडी तोडफोड गर्नेमाथि कारबाही पर्न माग गरेका छन् ।
महोत्तरी बन्दको अवज्ञा गरेको भन्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले महोत्तरी क्षेत्र नम्बर ५ का एमाले सांसद दीपनारायण शाहको गाडीमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गर्दै बाटोमा गाडी कुदाएको र रोक्न आग्रह गर्दासमेत नरोकेपछि आक्रोशित कार्यकर्ताले गाडीको सिसा फुटाएको राजपा महोत्तरीका अध्यक्ष मण्डलका सदस्य अभिराम शर्माले बताए ।
सांसदद्वारा कारबाहीको माग
सांसद साहले गाडी तोडफोड गर्नेमाथि कारबाही पर्न माग गरेका छन् । ढुंगा लागेर ड्राइभर सिटतर्फको सिसा फुटेको छ । सम्सीबाट औरही हुुँदै बर्दिवास जान लाग्दा औरही चोकमा शाह चढेको बा।१२ च ९६९ नम्बरको गाडी तोडफोड भएको हो । सांसद साहले भीड देखेका कारण गाडी नरोकेको र चोकमा जम्मा भएका व्यक्तिले ढुंगाले प्रहार गरेको बताए । उनले राजपा मात्रै मधेसी नभएर आफूहरू पनि यहीँको बासिन्दा भएको र मधेसप्रतिको माया आफूहरूमा समेत भएको बताए । उनीहरूको उच्छृंखल गतिविधि सह्य नहुने बताए ।
‘बन्द केका लागि ?
भारतको सितामढीस्थित अस्पताल जान घरबाट निस्केका बल्वा गाउँपालिका ९पडौल०का गनौर साह जलेश्वरको खैराचोकमा अलपत्र परे । भिठामोडसम्म पुगेर भारतीय गाडीमा चढी सितामाढी जानुपर्ने भए पनि राजपाको बन्दका कारण उनी बीच बाटोमै अलपत्र परे । साहले राजपाले आह्वान गरेको बन्दबारे अनभिज्ञ रहेको बताए । उनले नयाँ पत्रिकाकर्मीसँग भने, ‘हजुर, यो बन्द केका लागि कसले गरेको हो रु जसलाई अधिकार दिने हो, उसैलई कष्ट दिनु कस्तो आन्दोलन रु’
बन्द सफल भएको राजपाको दाबी
राजपा महोत्तरीका अध्यक्ष मण्डलका सदस्य अभिराम शर्माले मंगलबारको बन्द पूर्ण सफल रहेको बताए । उनले राजपाको बन्दको आह्वानलाई समर्थन गर्दै स्थानीय व्यापारीले समेत स्वेच्छाले पसल बन्द गरेको बताए । उनले भने, ‘हामीले कसैलाई डर धाक देखाएर बन्द गराएका होइनौँ । सबैले हाम्रो बन्दलाई समर्थन गरे ।’ सांसद साहको गाडीमा ढुंगा हानिएकोमा एमालेको मधेसविरोधी भनाइ र एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली जिम्मेवार रहेको उनले बताए ।
प्रतिक्रिया