वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)

सारांश

  • काठमाडौं ।
  • सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी एयरबस प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि पूर्व मन्त्रीहुँदै सुगतरत्न कंसकारलाई कार्वाही गर्न समितिसमक्ष सिफारिस गरेको छ ।
  • मंगलबार राति उपसमितिले तयार पारेको प्रतिवेदनमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी देखाएको छ ।

काठमाडौं । सार्वजनिक लेखा समितिको उपसमितिले वाइडबडी एयरबस प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि पूर्व मन्त्रीहुँदै सुगतरत्न कंसकारलाई कार्वाही गर्न समितिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार राति उपसमितिले तयार पारेको प्रतिवेदनमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी देखाएको छ । पर्यटन मन्त्रीसहित, सचिवसम्म मुछिएको उपसमितिले प्रतिवेदनमा कार्वाहीको लागि सिफारिस गरेको छ । समितिलाई गलत जानकारी दिएको भन्दै मन्त्री रवीन्द्र अधिकारीलाई कारबाही सिफारिस गरेको छ ।

सतर्कता नअपनाएको भन्दै तत्कालीन मन्त्री जीवनबहादुर शाहीलाई कारबाही गर्न सिफारिस गरेको हो । कानुनले नदिने काम गरेको भन्दै बैना भुक्तानी गर्न दिएकोमा तत्कालीन मन्त्री जितेन्द्र देवलाई कारबाही सिफारिस गरेको हो ।

महाप्रबन्धक कंसाकारले एयरबस कम्पनीको तत्कालीन मूल्य, छुट रकम नलिई गलत मनसायले पुरानो मूल्यमा समायोजन गरेको भन्दै सिफारिस गरेको हो ।
महाप्रबन्धक कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएको छ ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव, जीवनबहादुर शाहीलाई कारबाहीको सिफारिस गरेको हो । त्यसैगरी बोर्ड अध्यक्ष, पर्यटन मन्त्रालयका तत्कालीन सचिवहरू प्रेमकुमार राई, शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, कृष्णप्रसाद देवकोटालाई छानबिन गरी कार्वाही गर्न सिफारिस गरेको हो ।

त्यसैगरी अर्थ मन्त्रालयका तत्कालीन सहसचिवहरू शिशिरकुमार ढुंगाना, सूर्यप्रसाद आचार्य, जीवनप्रसाद सिटौला, सुरेश आचार्य, सदस्यमा टेकनाथ आचार्य, बुद्धिसागर लामिछाने, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, अच्युतराज पहाडीमाथि छानबिन गर्न भनेको छ ।

छानबिनको क्रममा दोषी देखिएमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा कानुनी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन समितिलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
पोखरामा मुआथाई मार्शल आर्टको समर क्याम्प सुरु
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने
सानैदेखि उधुम गफाडी थिए केपी
सानैदेखि उधुम गफाडी थिए केपी
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
टाइगर नेस्ट एकपटक पुग्नै पर्ने बौद्ध तीर्थस्थल
टाइगर नेस्ट एकपटक पुग्नै पर्ने बौद्ध तीर्थस्थल
बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते
मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता

तपाईंले छुटाउनुभयो कि?