सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौं, ८ पुस कपिलवस्तु, महोत्तरी, रामेछाप, कास्की र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
  • कपिलवस्तु शिबराज नगरपालिका-१ बैकसबासस्थित सडकमा लु.
  • १ ख ५४९५ नम्बरको टिप्परले पदैलयात्री हाल नाम, थर, वतन नखुलेका ७० वर्षीय पुरुषलाई आइतबार बिहान ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौं, ८ पुस

कपिलवस्तु, महोत्तरी, रामेछाप, कास्की र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु शिबराज नगरपालिका-१ बैकसबासस्थित सडकमा लु.१ ख ५४९५ नम्बरको टिप्परले पदैलयात्री हाल नाम, थर, वतन नखुलेका ७० वर्षीय पुरुषलाई आइतबार बिहान ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी बर्दिवास नगरपालिका-९ किसाननगरस्थित सडकमा ना.१ च ९७२८ नम्बरको भ्यानले सोही ठाउँ बस्ने राम कुमार महतोकी १८ महिनाकी छोरी आरती महतोलाई आइतबार बिहान ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई  प्रहरीले  नियन्त्रणमा लिएको छ ।

रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ कल्लेरीमा बा.४ ख २४२५ नम्बरको टिप्परले सोही गाउँपालिका कोटगाँउ बस्ने ४८ वर्षीया मैना तामाङलाई आइतबार बिहान ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी सोही ठाउँ बस्ने रत्न माँया तामाङलाई उपचारका लागी मन्थली लगिएको छ । फरार टिप्पर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कास्की पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा ग.१४ प ८१५१ नम्बरको मोटरसाइकल रोकी राखेको ना.१ ख ७१६४ नम्बरको ट्रकमा ठक्कर खाई आइतबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही महानगरपालिका बस्ने १८ वर्षीय आशिष कुँवरको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ नर्सरीस्थित सडकमा ज १ स ६८५६ नम्बरको टेम्पुबाट शनिबार राति खसेर टेम्पुको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका सोही नगरपालिका-१ बस्ने ५५ वर्षीय उतिम सदालाई उपचारको लागि जानकी मेडिकल रम्दैयामा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार टेम्पु चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?