२ सय २६ स्थानीय तहमा मतगणना हुँदै
सारांश
- काठमाडौं, असार १५ – बुधबार सम्पन्न तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये २ सय २६ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
- प्रदेश नम्बर १ का ८०, प्रदेश नम्बर ५ का ८७ र प्रदेश नम्बर ७ का ५९ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
- अब १ सय ८ स्थानीय तहमा मतगणना सुरु हुन बाँकी छ ।
काठमाडौं, असार १५ – बुधबार सम्पन्न तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये २ सय २६ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर १ का ८०, प्रदेश नम्बर ५ का ८७ र प्रदेश नम्बर ७ का ५९ स्थानीय तहमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अब १ सय ८ स्थानीय तहमा मतगणना सुरु हुन बाँकी छ । केही उच्च पहाडी र हिमाली जिल्लामा मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी रहेकाले ती मतपेटिका संकलन हुनासाथ मतगणना सुरु हुने आयोगले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया