कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

सारांश

  • खोटाङ।
  • वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन्।
  • केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन्।

खोटाङ। वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन्। केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन्।छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पुर्याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताए।

“चार महीनासम्म लेबरको काम लगायो”, उनले भने, “कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ।”काठमाडौँको धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनीमा प्रतिव्यक्ति रु ८० हजार बुझाएर उनीहरु कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताए।

“इलेक्ट्रिसियनको काम भनेर मेनपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ”, उनले भने, “कतार पुर्याएपछि चार महीना लेबरको काम दियो र मासिक रु एक हजार १०० तलब दिने सम्झौता भए पनि उनीहरुले अहिलेसम्म एक पैसा पनि पाएका छैनन्।”

चार महीनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो। दुई महीनादेखि काम र शुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा गुहार मागिरहेका छन्।

उनीहरुलाई कतार पठाउने धुम्बाराहीस्थित टाईगर ओभरसिस मेनपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताए। “विसं २०७५ फागुन १४मा प्रवेशाज्ञाा आएको देखाउँदै धरौटी रकम बुझेर चार महीनापछि जेठ २३ गते उडायो”, उनले भने, “अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन्।”

उता मेनपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताए। “उनीहरुले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन्”, उनले भने, “अहिले काम छाडेर बसेका रहेछन्। सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ।”टिकट र प्रवेशाज्ञा निःशुल्क भएपनि सो मेनपावर कम्पनीले उनीहरुलाई प्रतिव्यक्ति रु ८० हजार रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कुल संक्रमितको संख्या ४३६४, बुधबार थपिए २७९
नेपालमा कुल संक्रमितको संख्या ४३६४, बुधबार थपिए २७९
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
दशै सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिदै
दशै सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिदै
1xBet kz ᐅ Букмекерская контора в Казахстане ᐅ Ставки на спорт 1хбет ᐅ Официальный сай
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति
जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति
डीपीएल भिडन्त : धनगढी ८ विकेटले विजयी
डीपीएल भिडन्त : धनगढी ८ विकेटले विजयी
सुन तस्करीका ६ रहस्य: निर्देशन दिने एआइजी खै ?
सुन तस्करीका ६ रहस्य: निर्देशन दिने एआइजी खै ?
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
असार ४ गते बुधबारको राशीफल यस्तो छ, सांगीतिक रुची देखि राज्यबाट सम्मान मिल्नेसम्मको योग

तपाईंले छुटाउनुभयो कि?