गृह मन्त्रालयमा तयार भयो ४ सय गुण्डाको लिस्ट
सारांश
- काठमाडौं, १३ जेठ ।
- सिंहदरबारबाट सिंहकै भूमिकामा देखिएका बादलको निर्देशनमा गुण्डाहरुको लिस्ट तयार भएको छ ।
- गृहमन्त्रालय स्रोतका अनुसार झण्डै ४ सय गुण्डाको लिस्ट तयार भएको छ ।
काठमाडौं, १३ जेठ । सिंहदरबारबाट सिंहकै भूमिकामा देखिएका बादलको निर्देशनमा गुण्डाहरुको लिस्ट तयार भएको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार झण्डै ४ सय गुण्डाको लिस्ट तयार भएको छ ।
‘ग्रेड छुट्याएर हामीले गुण्डाहरुको लिस्ट तयार पारेका छौँ । जबरजस्ती चन्दा अुशली, अवैध धन्दा र गुण्डागर्दीमा समलग्नहरुको लामो सुची छ ।
करीव ४ सयको संख्यामा पाएका छौँ,’ गृहमन्त्रालयका एक अधिकारीले भने,‘सबै फाइनल भइसकेको छ । अब काम शुरु गर्न मात्रै बाँकी छ ।’ स्रोतका अनुसार १० जना गुण्डालाई इन्काउन्टर गर्ने योजना गृहमन्त्रालयको छ ।
‘हत्या, काटमार र असुली धन्दामा लागेका १० जनाको इन्काउन्टर गर्न गृहमन्त्रालयले ‘स्पेशल टास्कफोर्स’ तयार गरेको छ,’ स्रोतले भन्यो,‘ हाम्रो फोर्स अब छिटै ‘मुभ’ हुनेछ ।’
चर्चित गुण्डाको इन्काउन्टर गरेर चर्चामा आएका नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल गृहमन्त्रीको योजनामा काँधमा काँध मिलाउन लागि परेका छन् । यसअघि यातयात व्यावासायीको सिन्डिकेट हटाउन खनालले गरेको सहयोगबाट गृहमन्त्री थापा निकै प्रभावित छन् ।
‘उहाँले सिन्डिकेट हटाउनका लागि दिनभर गृहमन्त्रालयबाटै गृहमन्त्रीको ओदेशलाई सिरोपर गर्दै सहयोग गर्नु भएको थियो,’ स्रोतले भन्यो,‘टोले गुण्डाहरुको सफाय गर्ने अभियान थाल्ने व्यक्ति उहाँकै हो । अहिले गृहमन्त्री र आइजीपीको ‘स्पीड’ मिलेको छ ।
गृहमन्त्रीमा राम बहादुर थापा नियुक्त भएपछि मुलुकभर गुण्डा गर्दी गर्ने , भ्रष्टाचारी र धन्दावालाहरुको निदहराम भएको छ ।
Chandra Khand
राम्रो मौका पाएको छ। ठाउँको ठाउँमा कारबाही होस्।
Ganga Sapkota
chitawanka ni 6an ki?
Deepak Rai
One by one encounter
Kokil Limbu
अनि उहाँको छोराको कत्ति न. हो??
Bishnu Sitaula
20 जाना गुन्डा लाई सुट गर्ने हो भने देश फेरि शान्ती क्षेत्र हुन आउँछ ।
Simsaam Timten Zin
Griha mandri Ju saknu hunxa bane brasta neta ra gushya police ko pani list tayar garnus.