पक्राउ पुर्जी जारी भएकी शिल्पा भोजपुरी फिल्ममा व्यस्त !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
४१ पटक हेरिएको
Shares
पक्राउ पुर्जी जारी भएकी शिल्पा भोजपुरी फिल्ममा व्यस्त !

सारांश

  • काठमाडौं।
  • बुधबार जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको थियो।
  • तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्।

काठमाडौं। बुधबार जिल्ला अदालत काठमाडौंले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझालाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको थियो। तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले अहिलेसम्म नभेटिएका उनीहरु छिट्टै पक्राउ पर्ने बताए।

प्रहरीले खोजिरहँदा शिल्पा भने भोजपुरी चलचित्रको शुटिङमा व्यस्त छिन्। केही दिन अघि भोजपुरी चलचित्र ‘जय शम्भु’को सुटिङ सेटबाट उनका केही तस्वीर बाहिरिएका थिए। तर छवि ओझा कहाँ छन्, थाहा छैन। हामीले उनलाई टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । ४ दिनअघि छविकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन्।

छविले पहिली पत्नी हेमासँग सम्बन्धविच्छेद गरेका छैनन्। यदि छविले हेमाँग सम्बन्धविच्छेद नगरी शिल्पासँग विवाह गरेको प्रमाणित भएमा छवि र शिल्पाको विवाह बदर हुनुका साथै यी दुवैले जेल सजायसमेत पाउन सक्छन् ।

आलिया र रणवीरको विहे कहिले हुन्छ ?
चर्चित बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अहिले बलिउडका चर्चित लभ कपल हुन् । अहिले बलिउडमै बेष्ट मानिएको यो जोडीको विहेको समाचार सुन्न भने केही कुर्नु पर्ने भएको छ । केही समय अघि उनीहरुको विहेको तयारी भइरहेको र धुमधामका साथ हुने बताइएको थियो । तर आलियाका काका मुकेश भट्टले विहेको सबै समाचार झुटो भएको दावी गरेका छन् ।

मुकेशले आलिया र रणवीरको विहेको खबर सबै हावादारी भएको भन्दै कसले विहेको हल्ला चलाउँदो रहेछ भनेर उल्टै चासो देखाएका छन् । आलियाका भाई राहुलले पनि काका मुकेशको भनाईमा सही थप्दै दिदीको विहेको खबर साँचो नभएको भनेका छन् । राहुलले एक वेभसाइटलाई आलिया आफ्नो सौतेनी आमातर्फको दिदी भएको र सँगै नबस्ने भएकाले पनि त्यति धेरै थाहा नभएको उल्लेख गरेका छन् ।

यद्यपी राहुलले आफुलाई आलिया र रणवीरको जोडी आफुलाई मन पर्ने र विहे भइहाले निमण्त्रणा आएको खण्डमा आफुलाई बोलाइने बताए । केही समय अघि आलियाकी आमा पनि विहेको कुरालाई लिएर केही खुलेकी थिइन् । तर अहिले उनी पनि सेलाएर गइसकेकी छिन् । आलिय र रणवीरले आफ्ना निकटहरुलाई आफ्नो सम्बन्धको बारेमा नखुलाए पनि दुवैको सम्बन्धको बारेमा प्रायलाई थाहा भइसकेको छ । कतिपय स्थानमा दुवै सँगै पुग्ने गरेका छन् ।

हालसालै बाहिरिएको समाचारलाई मान्ने हो भने आलियाले फेसन डिजाइनर शव्य साचीँसँग विहेका लागि लेहेंगा अर्डर पनि गरिसकेकी छिन् । उनीहरु आगामी बर्षको शुरुवातमै विवाह बन्धनमा बाँधिने अड्कल पनि बलिउडवृत्तमा गरिएको छ । यसै बर्ष सम्पन्न फिल्मफेयर अवार्ड समारोहमा आलियाले सबैको सामु आफ्नो मनको कुरा पनि बताएकी थिइन् र रणविरलाई प्रस्ताब पनि गरेकी थिइन् । त्यसपछि उनिहरुलाइ धेरै ठाउँहरुमा सँगै पनि देखीएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?