जडिबुटीमा टिप्परले हान्दा एकजनाको घटनास्थलमै मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
४५ पटक हेरिएको
Shares
जडिबुटीमा टिप्परले हान्दा एकजनाको घटनास्थलमै मृत्यु

सारांश

  • काठमाडौं, २६ असार ।
  • कोटेश्वर नजिक जडिबुटीमा टिप्रले हान्दा एकजनाको मृत्यु भएको छ ।
  • उक्त घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौं, २६ असार । कोटेश्वर नजिक जडिबुटीमा टिप्रले हान्दा एकजनाको मृत्यु भएको छ । उक्त घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।

भक्तपुरतर्फबाट काठमाडौं आउँदै गरेको दुईजना सवार मोटरसाइकललाई टिप्परले हान्दा मोटरसाइकलमा पछाडि बसेका एक जनाको घटनास्थलमै मृत्यु भएको हो । गम्भीर घाइतेको उपचारका लागि टिचिङ अस्पताल पठाइएको कोटेश्वरका ट्राफिक प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

जडिबुटी नजिकको जेब्रा क्रसिङमा बा ४ ख ८७२५ नम्बरको टिप्परले बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई पछाडिबाट टक्कर दिएको थियो । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको सनाखत भइसकेको छैन । यसभन्दा अघि पनि टिप्परले सोही ठाउँमा स्कुटरलाई ठक्कर दिँदा एकजना युवतीको ज्यान गएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhakta Shrestha

    Ki ho trifarla matra ghatana ghatairahako huncha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?