एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
१६
|
१६ पटक हेरिएको
Shares
एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल

सारांश

  • काठमाडौँ, १४ मंसिर , नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन कम्युनिष्टले लामो समयदेखि रगत, पसिना खर्चेको हुँदा आफूहरुको नेतृत्वमा बन्ने सरकारले एकतन्त्रीय शासन नगर्ने बताउनुभएको छ ।
  • साँखुमा आज आयोजित चुनावीसभामा उहाँले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि नै कम्युनिष्टको स्थापना भएको बताउनुभयो ।
  • नेता नेपालले कम्युनिष्ट पार्टीले निर्वाह गरेको भूमिका कारण नै संविधानसभाबाट संविधान जारी भएको र त्यसको कार्यान्वयनको वातावरण बनेको उल्लेख गर्दै मुलुकमा शान्ति, स्थायित्व कायम गरी नेपालीलाई सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धन भएको बताउनुभयो ।

काठमाडौँ, १४ मंसिर , नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन कम्युनिष्टले लामो समयदेखि रगत, पसिना खर्चेको हुँदा आफूहरुको नेतृत्वमा बन्ने सरकारले एकतन्त्रीय शासन नगर्ने बताउनुभएको छ ।

साँखुमा आज आयोजित चुनावीसभामा उहाँले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि नै कम्युनिष्टको स्थापना भएको बताउनुभयो ।

नेता नेपालले कम्युनिष्ट पार्टीले निर्वाह गरेको भूमिका कारण नै संविधानसभाबाट संविधान जारी भएको र त्यसको कार्यान्वयनको वातावरण बनेको उल्लेख गर्दै मुलुकमा शान्ति, स्थायित्व कायम गरी नेपालीलाई सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धन भएको बताउनुभयो ।

वाम गठबन्धन निर्माण भएपछि मुलुकमा राजनीतिक स्थिरता नचाहने नेपाली काँग्रेसका केही नेताले अधिनायकवाद आउने भ्रम फैलाएको चर्चा गर्दै उहाँले त्यस्तो निराधार हल्लाका पछि नलाग्न मतदातालाई आग्रह गर्नुभयो ।

नेता नेपालले उत्तर कोरियामा जस्तो एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव नरहेको चर्चागर्दै “हामीले बलियो प्रतिपक्ष दलको रचनात्मक सहयोगसहितको वाम सरकार गठनका लागि जनतालाई आह्वान गरेका हौँ,” भन्नुभयो ।

“देशमा विकास गर्न यसपटक जनताले राजनीतिभन्दा माथि उठेर वाम गठबन्धनलाई मतदान गर्नपर्छ”–उहाँले भन्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले यसअघि कागेश्वरी मनहरा–८ मा आयोजित घरदैलो तथा कोणसभा कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Gayechha Madhab Nepal ko suddhi .

    Comment Author

    Chandra Bdr Lamichhane

    2/3 majority na aaya samma ko upaaya yahi holaa…… Aaya pachhi dekhi jaala…..!!!

    Comment Author

    Gopi Timilsina

    Communist pani bahudaliye hunxa rw?

    Comment Author

    Deepak Shakya

    Bhasan ta testai hune garchha ni comred.

    Comment Author

    Narbahadur Gharti

    बल्ल थाहा भयो कमरेड 3/4 दिन अगाडीसम्म त एकतन्त्रीय कम्युनिष्ट शासनलाई कसैले रोक्न सक्दैन भनेर भाषण दिदैहुनुहुन्थ्यो ता कमरेड अचानक के भयो ?

      Comment Author

      Padam Bahadur Shrestha

      Oli le pakha lagaune vayapaxi chet aayo jasto xa.

    Comment Author

    Tilak Guragai

    लिदे कुकुर काग्रेसको निगाहामा प्रधानमन्त्री भएको याद गर!!!!!

    Comment Author

    Sanu Ko Prakash Yogi

    haena yo pagal vo ki kho

    Comment Author

    Siddha Raj Pandeya

    Pm ko kurchi ko lagi raja ko pau ma dam chadhaune le sammyabad ra communist sasan ka kura garna milcha ra ?

    Comment Author

    Narottam Lal Maskey

    Yesko demaag le kaam garexa.

    Comment Author

    Suresh Timalsina

    Yo congres ho

    Comment Author

    Tahal Subedi Laduk

    गुड

    Comment Author

    Raz Birjung Rana

    सहीदको स्वास्नी ताक्ने बिहान देखी नै बतल ठाडो पार्ने टन्न मात्ने मन परेन होला कमरेड लाइ

    Comment Author

    Amar Ghotane

    अलिकती लाइनमा आको हो कि?

    Comment Author

    Uddhav Dahal

    कम्युनिष्ट सासन एकतन्त्रि हुदई हुदई न त्याहात कम्युन् भित्र का बहुमत् ले सासन गरेका हुन्छन् ॥

    Comment Author

    Laxman Kafle

    Sahi kurra ho ta

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?