फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
३३ पटक हेरिएको
Shares
फोन गर्न हिमाल चढ्नुपर्ने बाध्यता

सारांश

  • हेमन्त केसी जाजरकोट।
  • जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन्।
  • तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो।

हेमन्त केसी
जाजरकोट। जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन्। तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो। आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन्।

उनले भने, “मजस्तै यहाँका सबै मानिस फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता रहेको छ, के गर्नु ? आफन्तको खबर सुन्न मन लाग्छ।” त्यस्तै मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि सदरमुकामलगायत अन्य ठाउँमा फोन गर्नुपरेमा यही लेकमा पुग्ने गरेको बताउँछन्।

दैनिक फोनमा धेरै काम पर्छ, त्यसैले कोठाना डाँडामा पुग्नु बाध्यता भएको उनको भनाइ छ। फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना आदान–प्रदान गर्न मुस्किल भएको छ। अग्लो हिमाल र अग्ला डाँडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने भएकाले त्यहाँ गएर फोन गर्ने गरिएको नर्कुका सोमराज शाहीले बताए।

फोन नहुँदा जहाँ पनि हिँडेर गई खबर गर्नुपर्दा निकै दुःख भोग्नुपरेको प्रहरी कार्यालय इलले जनाएको छ। जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको सिमानासँग पनि जोडिएको छ। कठिन भूगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ।

मुड्केचुला गाउँपालिकामा सामान्य कभरेज भएको नमस्तेको फोन दूरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि उक्त चिनियाँ कम्पनीले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काइके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ। असोज २५ गते बन्द भएको नमस्तेको मोबाइल सेवा अझै सञ्चालन हुने कुनै छाँटकाँट देखिएको छैन।

विगत लामो समयदेखि चिनियाँ स्याटलाइटमार्फत मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार प्राधिकरणले स्याटलाइट बन्द भएपछि सेवा दिन सकेको छैन। सञ्चार सेवा अवरुद्ध भएसँगै यहाँका करीब १५ हजार नागरिक सञ्चारविहीन भएका छन्। चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएका कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णयानुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले जानकारी दिए।

मुड्केचुला गाउँपालिकामा जोड्नका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करीब दुई वर्षदेखि थन्किएका छन्। भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिए पनि काम नगर्दा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए। जतिपटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उहाँको भनाइ छ।

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
तलब बढेन, भत्ता बढ्यो, तलब आयोग गठन हुने , कार र बाइकमा कर बढ्यो !
तलब बढेन, भत्ता बढ्यो, तलब आयोग गठन हुने , कार र बाइकमा कर बढ्यो !
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
चीनतर्फका दुई नाका खोल्ने निर्णय
चीनतर्फका दुई नाका खोल्ने निर्णय
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
डाक्टर गोविन्द केसीले प्रधान न्यायाधीशको यसरी राजिनामा मागेका थिए
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक
बिमलले गरे च्यासलसँगको सहमति रद्द, ट्रायलका लागि बेल्जियम जाने
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना

तपाईंले छुटाउनुभयो कि?