माओवादी केन्द्र र कांग्रेसले बुझायो समानुपातिक सूची !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
माओवादी केन्द्र  र कांग्रेसले बुझायो समानुपातिक सूची !

सारांश

  • कांग्रेसले बुझायो समानुपातिक सूची नेपाली कांग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ।
  •  संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
  •   संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको उनले जानकारी दिए।
कांग्रेसले बुझायो समानुपातिक सूची

नेपाली कांग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ। संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको उनले जानकारी दिए।

संघीय संसदमा जम्मा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गरेका हुन्। प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिइन्। 

‘संविधानअनुसार सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सूची बुझाइएको छ’, उनले भने, ‘संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा मुलुक प्रवेश गरेको छ। निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गराउन सबै वर्ग तथा क्षेत्रको उत्तिकै सहयोग र सद्भाव जरुरी छ।’

प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन्। यस्तै सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ।

संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुई को सूची दर्ता गरिएको दिइन्।

संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची बुझाइएको प्रवक्ता भुसालले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ