राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा बहस
सारांश
- काठमाडौं ।
- काठमाडौं जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी भएपछि त्यससम्बन्धमा थप बहस भैरहेको छ ।
- आज सोमबार डोजरसहित महानगर प्रहरीको टोली पार्टी कार्यालय अगाडि पुगेपछि राप्रपा कार्यकर्ताहरूले अवरोध गरेका थिए ।
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी भएपछि त्यससम्बन्धमा थप बहस भैरहेको छ ।
आज सोमबार डोजरसहित महानगर प्रहरीको टोली पार्टी कार्यालय अगाडि पुगेपछि राप्रपा कार्यकर्ताहरूले अवरोध गरेका थिए । सो अवरोधपछि अहिले महानगरका पदाधिकारी र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबीच बहस भइरहेको स्रोतले जनाएको छ ।
महानगरले राप्रपा केन्द्रीय पार्टी कार्यालय हटाउन यही शुक्रबार तीन दिनको अल्टिमेट दिएको थियो ।महानगरपालिकाको टोलीले शुक्रबार धुम्बाराहीस्थित राप्रपा कार्यालय तीन दिनभित्र खाली गर्न भनेको थियो ।
काठमाडौं महानगर प्रहरी प्रमुख रानुनाथ पाण्डेले सुरक्षाको कारण देखाउँदै चार महिनादेखि भवन खाली गर्न महानगरले माइकिङ गर्दै आएको बताए ।
यता राप्रपाले भने महानगरसँग कार्यालय खाली गर्न ३५ दिनको समय माग गर्दै लिखित पत्र बुझाई सकेको छ ।
प्रतिक्रिया