हटाउने हल्ला चलेपछि मन्त्रालय आउनै छोडे यी मन्त्रीहरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
हटाउने हल्ला चलेपछि मन्त्रालय आउनै छोडे यी मन्त्रीहरु

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेका छन् ।
  • पार्टीको सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको छ ।
  • सोहीअनुसार ओलीले तयारीलाई तिव्रता दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेका छन् । पार्टीको सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको छ । सोहीअनुसार ओलीले तयारीलाई तिव्रता दिएका छन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आधा दर्जन मन्त्रीहरुलाई एकसाथ विदाई गर्न लागेका छन् । विदाई हुने चर्चामा रहेका नाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पहिलो नम्बरमा छन् । त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, ज्येष्ठ नागरिक तथा महिला, बालबालिका मन्त्री थममाया थापा पनि ओलीले हटाउने मन्त्रीको सूचीमा परेका छन् । उद्योगमन्त्री मातृका प्रसाद यादव, अर्थमन्त्री युवराज खतिवडा, खानेपानी मन्त्री बिना मगरलाई पनि हटाउने सुचिमा राखिएको छ ।

अहिले हटाउने चर्चामा रहेका मन्त्रीहरु मन्त्रालय नै आउन छाडेको सम्बन्धित मन्त्रालयका कर्मचारीहरुले बताए । उनीहरुका अनुसार मन्त्रालय आउन छोडेका मन्त्रीमा रघुवीर महासेठ, चक्रपाणि खनाल, थममाया थापा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?