मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु

सारांश

  • जर्जटाउन।
  • मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाको ४ तला माथिबाट खसेर ज्यान गएको छ ।
  • यहाँको जर्जटाउनस्थित बायन बरुको टिङकाट मयाङ पासिरमा एउटा फ्ल्याट बिल्डिङको चौथो तलाबाट खसेर आइतबार २४ वर्षका सन्दिप बोटको ज्यान गएको हो ।

जर्जटाउन। मलेसियामा रोजगारीका लागि गएका एक नेपाली युवाको ४ तला माथिबाट खसेर ज्यान गएको छ । यहाँको जर्जटाउनस्थित बायन बरुको टिङकाट मयाङ पासिरमा एउटा फ्ल्याट बिल्डिङको चौथो तलाबाट खसेर आइतबार २४ वर्षका सन्दिप बोटको ज्यान गएको हो ।

बुकित जाम्बुलमा रहेको माइडिन सुपरमार्केटमा बिगत पाँच वर्ष यता सन्दिप कार्यरत थिए । उनको परिवारमा श्रीमती र २ बच्चा छन् । नेपालबाट नाता प्रमाणीकरण कागजात आइसकेपछि तुरुन्तै अन्तिम दाहसंस्कारको लागि सन्दिपको शव नेपाल पठाउने तयारी गरेको कम्पनी श्रोतले बताएको छ । सन्दिप नेपालको चितवनका हुन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनी त्यहाँ प्रेमिका भेट्न गएको पाइएको जनाएको छ । उनी राती साढे २ बजे त्यहाँ प्रेमिकाको कोठामा गएका थिए । ती महिलाले आफूहरु ८ महिनादेखि साथी रहेको बताएकी छिन् । उनीहरु एकै ठाउँमा काम गर्थे । महिलाका अनुसार बिहान ५ बजे उनका श्रीमान आएका थिए, त्यतिबेलासम्म सन्दिप कोठामै थिए । उनी किचनको स्लाइडिङ डोर खोलेर भाग्ने क्रममा झुक्किएर खसेको र उनको ज्यान गएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?