निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
निकिता पौडेलको अटेरी, सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित

सारांश

  • केही दिन अघि मात्रै रवी लामिछानेसँग विवाह गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित भएकी छिन् ।
  • सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बोलाएको चौमासिक बैठकमा उनी उपस्थित नभएपछि मन्त्रीले मातहतका कर्मचारीसँग जानकारी मागेका थिए ।
  • बोर्ड अध्यक्ष अटेर गरी बैठकमा उपस्थित नभएको थाहा पाएपछि मन्त्री कडारुपमा प्रस्तुत हुने तयारीमा छन् ।

केही दिन अघि मात्रै रवी लामिछानेसँग विवाह गरेकी चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सञ्चारमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित भएकी छिन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बोलाएको चौमासिक बैठकमा उनी उपस्थित नभएपछि मन्त्रीले मातहतका कर्मचारीसँग जानकारी मागेका थिए । बोर्ड अध्यक्ष अटेर गरी बैठकमा उपस्थित नभएको थाहा पाएपछि मन्त्री कडारुपमा प्रस्तुत हुने तयारीमा छन् । मन्त्री बाँस्कोटाले स्पष्टिकरण लिएर बर्खास्त गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन समेत दिएका छन् ।

बोर्डको प्रगति विवरण सम्बन्धी छलफल गर्ने योजना आइतबारको बैठकमा बनाइएको थियो । तर बोर्ड अध्यक्ष नै नआएपछि मन्त्री नै हिस्स भए । मन्त्री बाँस्कोटाले सहसचिव राधिका अर्याललाई बोर्ड अध्यक्षलाई बैठकमा बोलाए नबोलाएको सोधिखोजी गरे । खबर गर्दागर्दै पनि अध्यक्ष पौडेल नआएको थाहा पछि मन्त्रीले स्पष्टिकरण सोधेर बर्खास्त गर्न छलफल गरेका हुन् ।

(sharonsteelerealestate.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?