हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि

सारांश

  • काठमाडौं।
  • ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन  भएका ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ।
  •   बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाईलट प्रभाकर केसी र दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो।
काठमाडौं। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन  भएका ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ। 
बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका पाईलट प्रभाकर केसी र दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो।
 दुर्घटनामा परी ज्यान गुमाएका मन्त्री अधिकारीको भने गृह जिल्ला पोखरामा अन्त्यष्टि गरिँदैछ। त्यसैगरी अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव पनि परिवारलाई बुझाइएको छ। 
शुक्रबार विहान मन्त्री अधिकारीसहित सबैको शवलाई श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँडिखेलमा राखिएको थियो। 

(yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?