मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
सारांश
- विराटनगर ।
- मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।
- प्रमुखको पदमा नेकाका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी गराएका छन् ।
विराटनगर । मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।
प्रमुखको पदमा नेकाका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी गराएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, उपप्रमुखमा नेकाका मञ्जुकुमारी राईले ६ हजार १९३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गरेकी थिइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया