विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
५१ पटक हेरिएको
Shares
विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

सारांश

  • कास्की।
  • कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेतारकार्यकर्तालाई पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो।

कास्की। कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेतारकार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेतारकार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। विप्लव समूहका नेता÷कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको बताइएको छ। उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई पु¥याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?