भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भन्दापनि प्रशंसा गर्न व्यस्त छन् ।
- केही समयअघि सम्म पार्टी नेतृत्व खासगरी प्रधानमन्त्री ओलीको आलोचनामा व्यस्त हुँदै आएका नेता रावलले पछिल्लो समय सरकारको बचाउमा आफ्नो अभिव्यक्ति दिन थालेका छन् ।
- सरकारले विकास र समृद्धिको अभियानलाई सशक्त रुपमा अघि बढाएको उनको दाबी छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावल पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भन्दापनि प्रशंसा गर्न व्यस्त छन् । केही समयअघि सम्म पार्टी नेतृत्व खासगरी प्रधानमन्त्री ओलीको आलोचनामा व्यस्त हुँदै आएका नेता रावलले पछिल्लो समय सरकारको बचाउमा आफ्नो अभिव्यक्ति दिन थालेका छन् ।
सरकारले विकास र समृद्धिको अभियानलाई सशक्त रुपमा अघि बढाएको उनको दाबी छ । रावलले पार्टी एकताको विषयलाई लिएर पनि पार्टी नेतृत्वले गम्भिरताका साथ काम गरिरहेको भनाई राखेका छन् । उनले अब स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने धारणा राखेका छन् ।
गृहजिल्ला अछाममा रहेका रावलले चौरपाटी गाउँपालिकामा आयोजित जनसभालाई शनिबार सम्बोधन गर्दै पार्टीको केन्द्र, प्रदेश र जिल्ला कमिटीले पूर्णता पाइसकेकाले अब छिट्टै पार्टीको स्थानीय कमिटीले पूर्णता पाउने दाबी गरेका हुन्।नेता रावलले कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै असमानताको विरुद्ध र सिमानाको रक्षाको लागि आवाज उठाउँदै आएको उल्लेख गरे ।
सुदूरपश्चिम र अछामको विकासका लागि आफूले निरन्तर संसद्देखि सरकारमा आवाज उठाइरहेको उनको भनाइ थियो । नेता रावलले नेपाली काङ्ग्रेसको अलोकतान्त्रिक चरित्रका कारण नेपाली जनताले काङग्रेसलाई बढारेको स्पष्ट पारे ।
बाबुराम छोडेकी करिष्मा अब कता ?
चर्चित अभिनेत्री करिश्मा मानन्धरले आफूले बाबुराम भट्टराईको साथ छोड्नुको कारण खुलाएकी छिन् । अब उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेकी छिन् । शुक्रबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब आफूले ओली र प्रचण्डलाई रोज्ने बताएकी छिन् । पत्रकार धमलाले करिश्मा मानन्धर पपुलर नाम हो । आज तपाई राजनीतिमा कहाँ हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्,‘राजनीतिमा कहिलेपनि प्रेडिक्टेवल हुँदैन । कतिवेला मान्छे कहाँ हुन्छ ?
उनले आफूलाई अहिलेपनि बाबुराम भट्टराई मनपर्ने नेता भएको सुनाईन् । तर, आफू भट्टराईको पछि नलागेको पनि उनले दाबी गरिन् । उनले भनिन्,‘म त विचार र पार्टीको पछि लागेकी हुँ ।’
प्रतिक्रिया