ट्रम्पले भने-कश्मिरको स्थिति ‘विस्फोटक’

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
४० पटक हेरिएको
Shares
ट्रम्पले भने-कश्मिरको स्थिति ‘विस्फोटक’

सारांश

  • बीबीसी।
  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको पछिल्लो अवस्थालाई ‘विस्फोटक’ र ‘जटिल’ बताउँदै एक पटक फेरि भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने मनसाय व्यक्त गरेका छन्।
  • ट्रम्पले यो हप्ताको अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फ्रान्समा भेटवार्ता गर्नेसमेत बताएका छन्।

बीबीसी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको पछिल्लो अवस्थालाई ‘विस्फोटक’ र ‘जटिल’ बताउँदै एक पटक फेरि भारत र पाकिस्तानबीच मध्यस्थता गर्ने मनसाय व्यक्त गरेका छन्।
ट्रम्पले यो हप्ताको अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फ्रान्समा भेटवार्ता गर्नेसमेत बताएका छन्।उनले कश्मिर एउटा जटिल समस्या भएको उल्लेख गर्दै भने–यहाँ हिन्दु पनि छन्, मुसलमान पनि छन्, म यो पनि भन्दिन की उनीहरुबीच मिलजुल छ।’

उनले अगाडि भने–यो विवाद धेरै लामो समयदेखि चलिआएको छ। र यो निकै जटिल पनि छ। म यसमो मध्यस्थता गर्ने कोशिश गरिहेको छु। प्रधानमन्त्री इमरान खान र नरेन्द्र मोदीसँग मेरो राम्रो सम्बन्ध छ। यो हप्ताको अन्तिममा म मोदीसँग भेट पनि गर्छु।’उनले आफू भारत र पाकिस्तानको नेतासँग नियमित सम्पर्कमा रहेको बताए। तर भारतले सधैं कश्मिर मुद्दामा कसैको मध्यस्थतालाई अस्वीकार गर्दै आएको छ। उता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बारम्बार कश्मिरका विषयमा हस्तक्षेप र मध्यस्ता गर्न माग गर्दै आएका छन्।

यसअघि पनि राष्ट्रपति ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिकाको भ्रमणका क्रममा कश्मिरका विषयमा मध्यस्थता गर्ने आशय व्यक्त गरेका थिए। साथै उनले मोदीले आफूलाई कश्मिर मुद्दामा मध्यस्थता गर्न आग्रह गरेको पनि बताएका थिए। तर भारतले ट्रम्पको दाबी अस्वीकार गरेको थियो।ट्रम्पले इमरान खान र मोदीसँग यो विषयमा छलफल गरेका थिए। ट्रम्पले दुवै नेतासँग तनाव कम गर्न अपील गरेका थिए। उनले पाकिस्तानलाई कश्मिरका विषयमा भारतप्रति दिने अभिव्यक्तिलाई नियन्त्रण गर्न पनि सुझाव दिएका थिए।

त्यसअघि सोमबार मोदीले ट्रम्पसँग करिव ३० मिनेट फोनमा वार्ता गरेका थिए। जसमा मोदीले पाकिस्तानतर्फ संकेत गर्दै केही नेता भारत विरोधी हिंसालाई उत्कर्षमा पुर्याउन वक्तव्य दिइरहेका छन् जो शान्तिका लागि अनुकुल होइन भनेका थिए। उता पाकिस्तानले भने कश्मिर मुद्दालाई अन्तर्राष्ट्रिय न्यायालयमा उठाउने तैयारी गरिरहेको छ। पाकिस्तानी विदेश मन्त्री शाह महमुद करैशीले यसको जानकारी दिएका हुन्। यो साताको अन्तिममा डोनाल्ड ट्रम्प र मोदीबीच फ्रान्समा जी–७ को बैठकका क्रममा भेट हुँदैछ। जहाँ ट्रम्प मोदी समक्ष यो विषयमा कुरा गर्न सक्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)
एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !
बाँकेमा फस्टाउदै याैन व्यबसाय, कमाएकाे पैशाले माछा पालन !
कोरोना भाइरस : बेलायतमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्ध
कोरोना भाइरस : बेलायतमा दुई जना भन्दा बढी भेला हुन प्रतिबन्ध
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
बालकको अपहरणपछि हत्या, तीन पक्राउ…
अ्मेरिका बस्ने समाजसेवी   अनिल बस्नेतको रु १०००० सहयोग,
अ्मेरिका बस्ने समाजसेवी अनिल बस्नेतको रु १०००० सहयोग,
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन   (सूचीसहित)
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन (सूचीसहित)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
ललिता निवास प्रकरणमाःतत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
गच्छदारलाई एमालेकी भगवतीको डर
गच्छदारलाई एमालेकी भगवतीको डर
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा