साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
५० पटक हेरिएको
Shares
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?

सारांश

  • सरकारले शक्तिशाली देशका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्याउने पहल थालेको छ ।
  • चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि संयुक्त राज्य अमेरिका र रुसका राष्ट्रपतिलाई समेत नेपाल भ्रमणमा ल्याउने गरी सरकारले पहल थालेको हो ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्तो दिने तयारी भएको खुलासा गरेका छन् ।

सरकारले शक्तिशाली देशका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमणमा ल्याउने पहल थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि संयुक्त राज्य अमेरिका र रुसका राष्ट्रपतिलाई समेत नेपाल भ्रमणमा ल्याउने गरी सरकारले पहल थालेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणमा निम्तो दिने तयारी भएको खुलासा गरेका छन् ।

ट्रम्प र पुटिनलाई नेपाल ल्याउन सरकारले कुटीतिक पहल थालिसकेको उनको खुलासा थियो । बुधबार एक टेलिभिजन कार्यक्रममा बोल्दै गौतमले भने, ‘निकट भविष्यमा ट्रम्प र पुटिन पनि नेपाल आउनुहुन्छ, त्यसकालागि हामीले पहल थालिसकेका छौं ।’ नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले देशलाई नयाँ उचाईमा पुर्याएको दाबी गरे ।

कुटनीतिक रुपमा सरकार सफल भएको भन्दै नेपालमा विश्वका शक्तिशाली देशका नेताहरु भ्रमणमा आउने बताए । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएलगत्तै नेपालप्रति अन्तर्रा्ष्ट्रिय चासो बढेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई वासिङटनमा निम्तो गरी भेटवार्ता गरिसकेका छन् । अमेरिकाको नेपालमा चासो बढिसकेको छ ।

तर, अमेरिकी उच्च अधिकारीको भ्रमणको सम्भावना न्यून छ । रुससँग नेपालको लामो कुटनीतिक सम्बन्ध रहेपनि उच्च तहमा भ्रमण नभएको दशकौं भइसकेको छ । यस अवस्थामा विश्वका शक्तिशाली नेतामध्येका रुसी राष्ट्रपति पुटिनको भ्रमणको सम्भावना पनि न्युन छ । यस अवस्थामा नेकपाका उपाध्यक्ष वामदेव गौतमको दाबीलाई अर्थपूर्ण भने मान्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
सडक नहुँदा पर्यटकलाई सास्ती
सडक नहुँदा पर्यटकलाई सास्ती
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
रातमा दुध र रोटी खाँदा के–के फाइदा हुन्छन् ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा
औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन केन्द्र देखि प्रदेशसम्म प्याकेजमै सहमतिको प्रयास