प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल पुनर्गठन (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले गरे मन्त्रिमण्डल पुनर्गठन (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
  • उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले मन्त्रिमण्डल पुनर्गठन गरेको पुष्टि गरे। उनले डिसी नेपालसँग भने, ‘नयाँ मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाइएको छ। भोली शपथ हुन्छ।’

राष्ट्रपति कार्यालयले बुधबार अबेर नयाँ नियुक्त मन्त्रीहरुको नामावाली सार्वजनिक गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, खानेपानी मन्त्री बिना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री योगेश भट्टराई, गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री इस्तियाक राई, अर्थमन्त्री र ऊर्जामन्त्री वर्षमान पुन यथावत रहेका छन्।

यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानूनमा र कानुमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ।
प्रधानमन्त्री ओलीले कृषिमन्त्री चक्रपाणी खनाल, श्रम रोजगार मन्त्री गोकर्ण विष्ट, महिला बालबालिकामन्त्री थममाया थापा, उद्योग वाणिज्यमन्त्री मातृका यादवलाई पदमुक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला
मङ्गलबारदेखि हराएका व्यक्ति मृत फेला
अस्पतालमा बयान दिन महराद्वारा अस्वीकार
अस्पतालमा बयान दिन महराद्वारा अस्वीकार
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यबाहक प्रधानमन्त्री खड्काको निर्देशन
महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा
महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा
भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?
भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
डोनाल्ड ट्रम्पको योजना अनुसार अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण ,
जनस्तरबाट सामुदायिक स्वास्थ्य सेवा !
जनस्तरबाट सामुदायिक स्वास्थ्य सेवा !
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा
कङ्गोमा विपक्षीको र्‍याली हिंसात्मक, दुईको मृत्यु
कङ्गोमा विपक्षीको र्‍याली हिंसात्मक, दुईको मृत्यु