उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’

सारांश

  • राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भएको जनाउनुभएको छ ।
  • सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले शासक वर्गले मधेशी जनताको अधिकार नदिएका कारण मधेशी जनताको समस्या अझै समाधान हुन नसकेको बताउनुभयो ।
  • सरकारले मधेशी आदिवासी, जनजाति र पिछडिएका वर्गलाई अधिकार नदिएका कारण विभिन्न समयमा आन्दोलन हुने गरेको बताउँदै मधेशी जनताको अधिकार सुनिश्चित गर्न अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भएको जनाउनुभएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले शासक वर्गले मधेशी जनताको अधिकार नदिएका कारण मधेशी जनताको समस्या अझै समाधान हुन नसकेको बताउनुभयो ।

सरकारले मधेशी आदिवासी, जनजाति र पिछडिएका वर्गलाई अधिकार नदिएका कारण विभिन्न समयमा आन्दोलन हुने गरेको बताउँदै मधेशी जनताको अधिकार सुनिश्चित गर्न अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
उहाँले वैकल्पिक शक्ति निर्माणका लागि सबै पक्षसँग एकता भइरहेको बताउँदै मधेशी जनताको अधिकारका लागि पहिचानवादी आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो । समाजवादी पार्टीसहित विभिन्न सात पार्टीसँग पार्टी एकताको गृहकार्य भइरहेको जानकारी दिँदै राजपा नेपाल तत्काल सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभयो ।

प्रदेश नं २ का प्रदेश सभा सदस्य एवम् राजपा पार्टीका महासचिव मनिस सुमनले मधेश आन्दोलमा शहीद भएकाको सपना पूरा गर्न राजपा नेपाललाई उपनिर्वाचनमा जिताउनुपर्ने बताउनुभयो । यही मङ्सिर १४ गते सो गाउँपालिका–७ मा अध्यक्ष पदका लागि एक स्थानमा निर्वाचन हुँदैछ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गत आर्थिक वर्ष राजस्व असुली २७ प्रतिशतले ब्रिद्धी
गत आर्थिक वर्ष राजस्व असुली २७ प्रतिशतले ब्रिद्धी
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
प्रधानमन्त्री प्रचण्डलाई प्रविन काफ्लेको चिट्ठी
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
निम्नवर्गमा स्वास्थ्य सेवा पु¥याउन सरकारको ध्यान केन्द्रित हुनुपर्ने स्: उपराष्ट्रपति पुन
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’-यौनकर्मीको आत्मकथा
‘मेरा ग्राहक सांसद, पुलिस र आर्मी’-यौनकर्मीको आत्मकथा
एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित
एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित
मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी
मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी
ओली-दाहालबीच सम्वाद टुट्यो, बैठक अनिश्चित् !
अध्यादेशमार्फत विकृतिहरू हटाएका छौ: प्रधानमन्त्री वालेन्द्र शाह
अध्यादेशमार्फत विकृतिहरू हटाएका छौ: प्रधानमन्त्री वालेन्द्र शाह
जुम्रा मार्ने निहुँमा झडप हुँदा ज्यान गयो