महोत्तरीमा चिसोले जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
५५ पटक हेरिएको
Shares
महोत्तरीमा चिसोले जनजीवन प्रभावित

सारांश

  • महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ ।
  • मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो ।
  • मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ ।

महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो ।

मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ । यसअघि गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको पानीले बढाएको चिसो मङ्गलबार अपराह्नपछिको तुसारोसहितको सिरेटोले झनै बढाएको हो । महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुसारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाकेको छ ।

तुसारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारु चहलपहल स्वात्तै घटेको छ । एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानले बताएका छन् ।

बढ्दो जाडोले यस भेगका गरीब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलका पिर्ता सादा मुसहरले बताउनुभयो । चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र स–साना नानीहरूको स्याहारसम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घर वरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्तीहरू बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् ।

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै घरवरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताउनुभयो । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा झाको भनाइ छ ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरीब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् ।

(https://flathatnews.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
Precisely what is the Cheapest Online dating service?
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ
इण्डोनेशियामा गृहमन्त्री थापाले भने, मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
न्यायाधीशहरु शंकाको घेरामा, चारजनालाई स्पष्टीकरण सोधियो
तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा
तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु
आज ८ हजारभन्दा बढि कोरोना संक्रमित थपिए, ८८ जनाको मृत्यु
आजको मौसमः यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः यी प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी