गाँजाको प्रतिबन्ध हट्ने !
सारांश
- उत्पादन र विक्रीवितरण प्रतिबन्ध रहेको गाँजा खुल्ला हुने भएको छ ।
- गाजाँमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्न संसदमा विधयेक दर्ता भएपछि यसको उत्पादन र विक्रीवितरण खुल्ला हुने अवस्था आएको हो ।
- नेकपा सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले गाँजा खुल्ला गर्ने सम्बन्धी गैरसरकारी विधयेक संसदमा दर्ता गराएका छन् ।
उत्पादन र विक्रीवितरण प्रतिबन्ध रहेको गाँजा खुल्ला हुने भएको छ । गाजाँमाथि लगाइएको प्रतिबन्ध खुल्ला गर्न संसदमा विधयेक दर्ता भएपछि यसको उत्पादन र विक्रीवितरण खुल्ला हुने अवस्था आएको हो ।
नेकपा सांसद तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले गाँजा खुल्ला गर्ने सम्बन्धी गैरसरकारी विधयेक संसदमा दर्ता गराएका छन् । गाजाँ खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको भनिएको विधयेक दर्ताका लागी तामाङले कानून मन्त्रालयसँग अनुमति पनि लिएका छन् ।
विधयेकमा घरायसी प्रयोजनका लागि ६ वटासम्म बोट उमार्ने, कपडा बनाउने वा त्यस्तै अन्य औद्योगक प्रयोजनका लाग रेसा उत्पादन गर्ने वा खाद्य पद्धार्थका रुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा विक्री वितरण गर्नका लागि निश्चित मापदण्डभन्दा कम प्रतिशत भएको गाँजा प्रजातिको भाँगको खेती गर्न अनुमती लिनुनपर्ने उल्लेख छ ।
आफ्नै खेतीमा मात्रै गाँजा रोप्न पाउनु पर्ने विधयेकमा उल्लेख गरिएको छ । त्यस्तै खरिद विक्री तथा उत्पादनका लागि सरकारको अनुमति पछि मात्रै पाइने पनि प्रस्ताव विधयेकमा छ ।
लागु औषध कोटामा राखिएको गाँजा नेपालमा परम्परागतरुपमा प्रयोग हुँदै आएको छ । जनावार तथा मानिसका लागी विभिन्न किशिमका औषधीको रुपमा पनि आयुर्वेद चिकित्सामा गाँजाको प्रयोग हुने गरेको छ । हिन्दु धर्ममा गाँजालाई शिवको प्रसादको रुपमा चित्रित गरिएको छ ।
गाँजा खुल्ला गरिनु पर्ने र किसानको आर्थिक श्रोतको माध्यम बनाइनु पर्ने विषय नेपालमा लामो समयदेखि चल्दै आएको छ । संसदमा पनि पछिल्लो समय बाक्लै रुपमा गाँजा खुल्ला गर्नु पर्ने विषयमा बहस हुने गरेको छ ।
प्रतिक्रिया