साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस

सारांश

  • रियाद।
  • साउदी अरबको सत्तारुढ शाही परिवारका सदस्यमा कोरोना भाइरस संक्रमण भएको छ।
  • न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार साउदीमा केही हप्ताको अवधिमा करिव १५० जना कोरोना भाइरस संक्रमित पाइएको हो।

रियाद। साउदी अरबको सत्तारुढ शाही परिवारका सदस्यमा कोरोना भाइरस संक्रमण भएको छ। न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार साउदीमा केही हप्ताको अवधिमा करिव १५० जना कोरोना भाइरस संक्रमित पाइएको हो। कोरोना भाइरसबाट बच्नका लागि राजा सलमान र युवराज मोहम्मद बिन सलमानलाई आइसोलेट गरिएको छ।

रियादका गभर्नर साउदी राजकुमार फैसल बिन बन्दर अल साउदमा कोरोना भाइरस संक्रमण देखिएको छ। ७० वर्षका युवरा फैसललाई आइसीयूमा भर्ना गरिएको छ। किङ फैसल एलीट अस्पतालका डाक्टर शाही परिवारको उपचारमा खटिएका छन्। अस्पतालमा भिआईपीका लागि ५०० अतिरिक्त वेड तयार गरिएको छ।

न्युयोर्क टाइम्सले अस्पतालका निर्देशकलाई उद्धृत गर्दै लेखेको छ, ‘कति जनालाई अस्पताल ल्याउनु पर्ने हो हामीलाई थाहा छैन। तर हामी हाईअलर्टमा छौं। यहाँका विमारीलाई अन्य अस्तपालमा पठाएका छौं। ताकि शाही परिवारका सदस्यको उपचारमा कुनै कमी नहोस्।’

साउदीमा सयौंको संख्यामा राजकुमारहरु छन्। रिपोर्टका अनुसार तीमध्ये केही नियमित रुपमा युरोपको यात्रा गर्छन्। यही युरोप यात्राका क्रममा कोरोना भाइरस संक्रमण भएको बताइएको छ। ३.३ करोड जनसंख्या भएको साउदी अरबमामा ९ अप्रिलसम्म ३ हजार २ ८७ जनाका कोरोना संक्रमित भएका छन् भने ४४ जनाको मृत्यु भइसकेको छ। यहाँ इस्लामको सबैभन्दा पवित्रस्थल मक्का र मदिनामा वर्षैपच्छिे हुने उमरा तीर्थयात्रामा पनि प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?