पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २, २०७७
|
|
५५ पटक हेरिएको
Shares
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने

सारांश

  • चितवनको माडी अयोध्यापुरीमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागको टोलीले अनुसन्धान गर्न चासो देखाएको हो ।
  • पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी क्षेत्रमा नै सयौँ वर्ष पुराना भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयले बताएका छन् ।

चितवनको माडी अयोध्यापुरीमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागको टोलीले अनुसन्धान गर्न चासो देखाएको हो । पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी क्षेत्रमा नै सयौँ वर्ष पुराना भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयले बताएका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले अयोध्यापुरी क्षेत्रको अनुसन्धान गर्न पुरातत्त्व विभागको टोलीले शुक्रबारबाट काम थाल्ने जानकारी दिनुभयो । टोली बिहीबार चितवन आइपुगेको र शुक्रबारबाट सम्भावित क्षेत्रको अनुसन्धानमा लाग्ने जानकारी पाएको बताउनुभयो ।

रामको जन्म माडी क्षेत्रमा हुन सक्ने प्रमाणहरू छन् उहाँले भन्नुभयो । नगरपालिकाको वडा नं। १ वाल्मिकी क्षेत्रमा लवकुशको घोडा बाँध्ने स्थान, कुवा, सीता पाताल भासिएको स्थान, लवकुश खेल्ने स्थान, त्यहाँ भेटिएको प्रमाणहरू र धार्मिक ग्रन्थमा उल्लेख भएका विषय मिल्ने गरेको नगरपालिका प्रमुख ढकालले बताउनुभयो ।

अयोध्यापुरीमा पुराना इटाका टुक्रा, ढुङ्गा, माटो लगायतले केही वस्तु भएको देखाउने यहाँका स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । विषय चर्चामा आएकाले वास्तविक अवस्था के हो भन्नका लागि अनुसन्धान आवश्यक छ उहाँले भन्नुभयो ।

यसैबीच माडी नगरपालिकाका प्रमुखले संस्कृतमा आचार्य गरेकाहरूसँग बिहीबार छलफल गर्नुभएको छ । संस्कृतका विज्ञ, धार्मिक विषयमा ज्ञान भएकाहरूसँगको छलफलले भारतमा भएको आयोध्या पनि विवादमा रहेकाले त्यसैलाई आधिकारिक मान्न नसक्ने बताएको प्रमुख ढकालले बताउनुभयो । अयोध्यापुरीको विषयमा जानकारी लिन आउनेहरूलाई सही सूचना दिनको लागि तत्कालीन गाविस अध्यक्ष नारदमणि पौडेलको अध्यक्षतामा समिति गठन भएको छ । माडी नगरपालिकाको वडा नं।८ मा पर्ने आयोध्यापुरी क्षेत्रमा हेर्नको लागि जिल्लाबाहिरबाट पनि आउन थालेको नगरपालिकाले जानकारी दिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
दुध, अण्डा, मासु र हरियो तरकारीमा नेपाल ‘आत्मनिर्भर’ भएकाे दाबी
धुर्मुस–सुन्तली फाउन्डेसनमाथी सरकारको रोक !
धुर्मुस–सुन्तली फाउन्डेसनमाथी सरकारको रोक !
अध्यक्षको लागि नेविसंघ सिरहामा विवाद
अध्यक्षको लागि नेविसंघ सिरहामा विवाद
काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाइ, द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
राज्यमन्त्रीकाे रिसर्च सेन्टरमा झडप, एकजनाकाे अाँखा फुट्याे
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
माधव नेपाल होइन केपी ओलीलाई सफल बनाउने अभियानमा छु : खनाल
विवादमा ठमेल र दरबारमार्गका डिएसपी, एसएसपी धानुकले दिए चेतावनी
विवादमा ठमेल र दरबारमार्गका डिएसपी, एसएसपी धानुकले दिए चेतावनी
आज बाट राप्रपाको एकता महाधिवेशन