आज यी प्रदेशमा छ उच्च वर्षा र बाढीको खतरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
२२ पटक हेरिएको
Shares
आज यी प्रदेशमा छ उच्च वर्षा र बाढीको खतरा

सारांश

  • मनसुनी न्यूनचापीय रेखा नेपालमाथि आइपुग्दा देशभर व्यापक झरी परिरहेको छ ।
  • झरीसँगै तराई क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
  • महाशाका अनुसार सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।

मनसुनी न्यूनचापीय रेखा नेपालमाथि आइपुग्दा देशभर व्यापक झरी परिरहेको छ । झरीसँगै तराई क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाका अनुसार सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज रातीसम्म देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा जारी नै रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानका साथै कर्णाली प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

अहिले मध्य तराई र पश्चिम तराईमा भारी वर्षा भइरहेको छ भने काठमाडौं लगायत पहाडी भेगमासमेत मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ । पश्चिमको कञ्चनपुरसहितका एकाध स्थानमा कम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले चार दिनअघि नै अबको केही दिन लगातार वर्षा हुने पूर्वसूचना दिएको थियो । सोही अनुसार अबको चार दिन केही भेगमा अधिक वर्षासमेत हुनसक्ने सम्भावना औँल्याइएको छ । साथै सम्बन्धित सरोकारवालालाई विपदविरुद्ध पूर्वतयारी थाल्न अपिल गरिएको छ ।

महाशाखाले कन्काइ, कोसी, बाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १,२ र ५, बाग्मती तथा गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम रहेको बताउँदै बाढी र डुबान हुने नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?