कुटपिटबाट एकको मृत्यु
सारांश
- भिमदत्त नगरपालिका–२ पशुपति टोल बस्ने ७६ वर्षीय प्रेम थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरुमा उनकै बुहारी ३५ वर्षीया सीता थापा र १८ वर्षीय किशोर रहेका छन् ।
- उनीहरुले घरायसी बिबादका कारण गत माघ २८ गते साँझ प्रेमलाई कुटपिट गरी कसैलाई जानकारी नगराई उपचारको लागि महाकाली अस्पताल ल्याई उपचार पश्चात घर लगेकोमा पुनस् स्वास्थ्यमा समस्या आएपछि महाकाली अस्पताल ल्याएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको जनाएको छ ।
भिमदत्त नगरपालिका–२ पशुपति टोल बस्ने ७६ वर्षीय प्रेम थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै बुहारी ३५ वर्षीया सीता थापा र १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरुले घरायसी बिबादका कारण गत माघ २८ गते साँझ प्रेमलाई कुटपिट गरी कसैलाई जानकारी नगराई उपचारको लागि महाकाली अस्पताल ल्याई उपचार पश्चात घर लगेकोमा पुनस् स्वास्थ्यमा समस्या आएपछि महाकाली अस्पताल ल्याएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको जनाएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया