चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३, २०७८
|
|
१९ पटक हेरिएको
Shares
चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति

सारांश

  • चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पु¥याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ ।
  • आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पु¥याएको छ ।
  • निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए ।

चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पु¥याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पु¥याएको छ ।

निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए । “प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ”, उनले भने, “यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।”

विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए । चट्याङले जलविद्युत् आयोजनामा पु¥याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?