‘प्रेमगित २’ ले थाल्यो आक्रमक व्यापार, यस्तो छ फिल्म ?
सारांश
- काठमाडौं ।
- आजबाट अल नेपाल प्रदर्शनमा आएको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक व्यापार सुरु गरेको छ ।
- झण्डै २ वर्षसम्म पर्दामा नदेखिएका नायक प्रदीप खड्काको क्रेज हलमा गज्जबको देखियो ।
काठमाडौं । आजबाट अल नेपाल प्रदर्शनमा आएको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ ले आक्रामक व्यापार सुरु गरेको छ । झण्डै २ वर्षसम्म पर्दामा नदेखिएका नायक प्रदीप खड्काको क्रेज हलमा गज्जबको देखियो । उनलाई बोक्दै दर्शकहरुले सेल्फी खिच्न समेत भ्याए ।
शुक्रवार विहान र दिउँसोको शो क्यूएफएक्सको काठमाडौं र मोफसल हल हाउसफूल थिए । मुख्य मल्टिप्लेक्सले शुक्रबार फिल्मलाई १६ सोज दिएको थियो । बुकिङमै दुई सोज सोल्डआउट भएका थिए ।
कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले दर्शकसँगै बसेर फिल्म हेरे । उनीहरुले दर्शकीय प्रतिक्रियालाई उत्साहजनक भनेका छन् । शनिबार पनि फिल्मका अधिकांश सोज हाउसफूल छन् ।
नायक प्रदीप खड्काले दर्शकहरुबाट पाएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताएका छन् ।
म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो ।
प्रतिक्रिया