मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७८
|
|
२९ पटक हेरिएको
Shares
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’

सारांश

  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गर्नुभएको छ ।
  • भर्चुअल संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनुभयो ।
  • कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै उहाँले अब सबै सामान्य भएको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गर्नुभएको छ ।

भर्चुअल संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै उहाँले अब सबै सामान्य भएको बताउनुभयो ।

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ, हम आपको स्वागत करनेके लिए आतुर हे ।’

सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए । आफूलाई नेपाल निकै मनपर्ने भन्दै उहाँले चाँडै नेपाल आउन लागेको जानकारी दिनुभयो ।

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिनुभयो । जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए ।‍

‘तपाईंलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु ।,’ मन्त्री आलेले भन्नुभयो ।

आफ्नो चलचित्रको प्रचारका लागि सलमान खान आगामी १४ जेठमा नेपाल भ्रमणमा आउँदैछन् । त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल कुराकानी गर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?