आजकाे राशीफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २०, २०७८
|
|
५० पटक हेरिएको
Shares
आजकाे राशीफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : तपाईंको स्वास्थ्यमा सुधार हुनेछ । आज विहान सूर्योदयको दर्शन गरेर साताका कार्ययोजना तयार गर्नुहोला । चन्द्रमाको साथ रहेकाले आजको दिन कुनै पनि शुभकार्य गर्न खोज्नुभएको छ भने पूरा हुनेछ । मनमा चिन्ता र भय केही नराखी आफ्नो कार्ययात्रामा निरन्तरकाममा लागिरहनुभयो भने सफलता मिल्नेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी हुनेछ । खुसी हुने खबरले मनमा उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ सुखद खबरले तपाईंमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम दिशा तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए वापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई सम्मान गर्नेछन् । आजको दिन मौन रहेर आफ्ना काममा निरन्तर लागिरहनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो राम्रो हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । शुभकार्यको लागि शुभ दिन रहेको छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन सूर्यनारायणको दर्शन पछि आफ्नाृ यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) व्यापारबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला । तपाईको मानसम्मान बढ्ने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईको मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । सबैको हित हुने कार्य सोच्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला । शिवालयको आरती दर्शन गर्नुहोला । सिर्जनात्मक कार्यमा समय खर्च गर्नुहोला।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक बेपत्ता
केपी शर्मा ओली जनताका नेता होईनन माफियाका प्रधानमन्त्री हुन: गाेविन्द केसी (भिडियाेसहित)
प्रहरीको हत्याका आरोपी महिला पक्राउ
प्रहरीको हत्याका आरोपी महिला पक्राउ
मेघाङ–१ मा एमालेको समूह विजयी
मेघाङ–१ मा एमालेको समूह विजयी
काठमाडौँबासीलाई दुख दिइरहेका भारतीय चोर पक्राउ
काठमाडौँबासीलाई दुख दिइरहेका भारतीय चोर पक्राउ
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
सार्वजनिक स्थलमा महिलामाथि ‘विर्य’ फ्याँक्ने पुरुषलाई ६ बर्ष जेल सजाय
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग
खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ निर्माणार्थ साढे चार लाख सहयोग