बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उप-प्रमुखमा नेकपा एमालेको जित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ६, २०७९
|
|
२९ पटक हेरिएको
Shares
बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उप-प्रमुखमा नेकपा एमालेको जित

सारांश

  • काठमाडौं ।
  • बूढानीलकण्ठ नगरपालिकामा मेयर तथा उपमेयर पदमा नेकपा (एमाले)ले जित हासील गरेको छ ।
  • बूढानीलकण्ठ नगरपालिकाका प्रमुख पदमा मिठाराम अधिकारी तथा उपप्रमुख पदमा अनिता लामा निर्वाचित भएका छन् ।

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा मेयर तथा उपमेयर पदमा नेकपा (एमाले)ले जित हासील गरेको छ । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख पदमा मिठाराम अधिकारी तथा उपप्रमुख पदमा अनिता लामा निर्वाचित भएका छन् ।

१३ वटा वडा रहेको बूढानीलकण्ठ नगरपालिकामा मेयर र उपमेयर पदका लागी नेकपा (एमाले) र नेपाली कांग्रेस बीच कडा प्रर्तिस्पर्धा रहेकोे थियो ।

४८ हजार तीन सय ४ जना योग्य मतदाता रहेको उक्त नगरपालीकामा नेपाली कांंग्रेसका विनोद चालिसेलाई २,७३८ मतले हराउँदै नेकपा (एमाले)का मिठाराम अधिकारी बूढानीलकण्ठ नगरपालिकाका मेयर भएका हुन् ।

मिठाराम अधिकारीले कुल मत १४,२५० प्राप्त गरेका थिए भने चालिसेले ११,५१२ मत प्राप्त गरेका थिए।

त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेकी अनिता लामाले नेपाली कांग्रेसकी प्रतिद्वन्दी रमिला वाग्लेलाई २३४२ मतले हराएकी हुन् । उपप्रमुख लामाको कुल मत १४,३१४ मत आएको थियो भने प्रतिद्धन्दी वाग्लेले ११,९७२ मत हासील गरेकी थिइन् ।

यसअघी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उद्धव खरेलले १३,२५८ मत सहित बूढानीलकण्ठ नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

(Vistaril)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?