सुनको भाउ घटयो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सारांश
- काठमाडौ ।
- सुनचादीको भाउ घटेको छ ।
- बुधबार छापावाला सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौ । सुनचादीको भाउ घटेको छ । बुधबार छापावाला सुन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार तोलामा ७ सय रुपैयाँले घटेको हो ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ५ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार १ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० कायम गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया