गठबन्धनलाई जिताउन देउवाको अपिल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ८, २०७९
|
|
३८ पटक हेरिएको
Shares
गठबन्धनलाई जिताउन देउवाको अपिल

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् ।
  • वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज (सोमबार) यहाँ सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताएका हुन् ।

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज (सोमबार) यहाँ सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने, “नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।”

संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उनले बताए । यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहनेछ भने । उनले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

(bricks4kidz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
कञ्चनपुर महेन्द्रनगर मा लगाईएको कर्फ्यु आज साझ ६ बजे देखी १० बजे सम्म हट्यो
सांसदले सुनाए : दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा
सांसदले सुनाए : दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर
मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण
सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण
सागका दुई खेलाडी सम्मानित
सागका दुई खेलाडी सम्मानित
एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित
एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य