सिंहदरवारभित्र उच्च क्षमताका पाँचवटा चार्जिङ स्टेसन निर्माण हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सिंहदरवारभित्र उच्च क्षमताका पाँचवटा चार्जिङ स्टेसन निर्माण हुने

सारांश

  • काठमाडौं।
  • मुलुकको प्रमुख प्रशानिक केन्द्र सिंहदरबारभित्र उच्च क्षमताका पाँचवटा चार्जिक स्टेशन बन्ने भएका छन्।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ करोड लगानीमा ती चार्जिङ स्टेशन बनाउन लागेको हो।

काठमाडौं। मुलुकको प्रमुख प्रशानिक केन्द्र सिंहदरबारभित्र उच्च क्षमताका पाँचवटा चार्जिक स्टेशन बन्ने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ करोड लगानीमा ती चार्जिङ स्टेशन बनाउन लागेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी फागुन २८ गतेदेखि तीस किलोवाट क्षमताका चार्जिङ स्टेशन निर्माण कार्य सुरु गर्नेछ भने आगामी असार १३ गते सम्पन्न गरिने भएको छ।

सिंहदरबार प्रमुख प्रशासनिक केन्द्र भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन। त्यसैको अभाव पूर्तिका लागि मन्त्रालयले उच्च क्षमताको चार्जिङ स्टेशन बनाउन लागिएको उर्जा मन्त्रालयले जनाएको छ। यी चार्जिङ स्टेशनले एक घण्टाभित्र सवारी साधन चार्ज गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयअन्तर्गतको नेपाल विद्युत् प्राधिकरणले मुलुकभरी ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ। जसमध्ये १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३२ वटाको जडान सम्पन्न भएको छ।

(https://www.cookwarejunkies.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sign up to get 100 USDT

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?