ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
१९ पटक हेरिएको
Shares
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे

सारांश

  • दैलेख ।
  • नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ ।
  • आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो ।

दैलेख । नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपकसिंह बिष्टले जानकारी दिए ।

घटनास्थल पुगेको अस्थायी प्रहरी चौकी रानिमक्ताका प्रहरी सहायक इन्चार्ज मोहन पुजराको टोलीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बाँकेका २९ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङका दुईजना अन्दाजी १८ वर्षीय विष्णु चौधरी र २७ वर्षीय लछिराम चौधरी हुुन् ।

तालपोखरी झर्ने बाटोमा ‘ब्रेक फेल’ भइ माथिल्लो सडकबाट करिब एक सय ५० मिटर तलको सडकमा खसेको स्थानीयले बताएका छन् । ओरालो सकिएर मोडमै आइपुग्दा चालकले बे्रक लागेन भनेपछि सहचालक सल्यान कुपिण्डेदह गाउँपालिका–७ का २८ वर्षीय प्रकाश कुमाईले सडकमै हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ ।

दुर्घटनाको कारण, घटनास्थलको अवस्था, अनुसन्धान र मृतकहरुको शव उठाउन जिल्ला सदरमुकामबाट प्रहरी निरीक्षक दीपकसिंह बिष्टको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?