काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
सारांश
- काठमाडौँ ।
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
- हिन्दी फिल्मबारे अदालतले जारी गरेको आदेश नमान्ने बालेनको घोषणाविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ । हिन्दी फिल्मबारे अदालतले जारी गरेको आदेश नमान्ने बालेनको घोषणाविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।
यसबारे न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार सुनुवाई हुनेगरी पेशी तोकिएको थियो । अदालतको आदेश मान्दिनँ भनेर मेयर बालेनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया