सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा

सारांश

  • टीकापुर ।
  • सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् ।
  • सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९/०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् ।

टीकापुर । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९/०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् ।

एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड ४३ लाख, ७० हजार राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन् । मोटरकसाइकलबाट रु दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व सङ्कलन भएको छ । 
  
एक वर्षको अवधिमा २६ हजार तीन सय ३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार चार सय ६१ ट्र्याक्टर, पाँच हजार तीन सय ३७ बस र आठ हजार सात सय ७९ अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।
  
सवारीसाधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा १५ हजार पाँच सय ४८ सवारीसाधन बढी कारबाहीमा परेका देखिन्छन् । यसबाट रु एक करोड, एक लाख ७६ हजार राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा ९७ हजार एक सय सात सवारीसाधन कारबाहीमा पर्दा रु पाँच करोड, ४१ लाख, ९४ हजार राजस्व सङ्कलन भएको थियो ।

यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षको अवधिमा तीन हजार छ सय ४६ जनालाई कारबाही भएको छ । उक्त कारबाहीबाट रु ३६ लाख ४७ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८/७९ मा एक हजार छ सय ८६ जनालाई मादक पदार्थ सेवनको कारबाही हुँदा १६ लाख, ८६ हजार राजस्व सङ्कलन भएको थियो । 
  
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा दुई सय ५२ सवारी दुर्घटना भएका छन् । दुई सय ५२ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक सय ९७ जना गम्भीर घाइते भएका छन् भने दुई सय ७६ जना सामान्य घाइते भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाको मृत्यु भएको थियो भने तीन सय ९५ जना गम्भीर घाइते र छ सय छ जना सामान्य घाइते भएका थिए । ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक नियमविपरीत हिँड्ने सवारीसाधनलाई भएको कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा केही कमी आएको पाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सवारीसाधन कारबाही पर्नेक्रम बढ्दै जानुलाई नागरिकको लापरबाही बढ्दै गएको बुझिने सरोकारवाला बताउँछन् । टीकापुरका लक्ष्मी जैसी सवारीसाधन कारबाहीमा पर्नु भनेको ट्राफिक नियम पालना गर्दैनन् भन्ने बुझाइ हो भन्छन । “प्रहरीले सचेतना अभियान चलाइरहेको छ । नागरिकले पनि सवारी चलाउने भएपछि नियम जानेको हुनुपर्छ”, उनि भन्छन , “तर हरेक वर्ष दुर्घटना बढ्दै जानु राम्रो मानिँदैन । सवारी चलाउने हरेक मानिस सर्तक हुन आवश्यक छ ।”

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सजिनाज् क्रियसन’ क्रियसन उद्घाटनमा बर्षाले भनिन् ‘पहिरनमा बिषेश रुचि छ’
‘सजिनाज् क्रियसन’ क्रियसन उद्घाटनमा बर्षाले भनिन् ‘पहिरनमा बिषेश रुचि छ’
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
सन्दर्भ हरिशयनी एकादशीः कालीगण्डकीमा स्नान गर्नेको भीड
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान
नेपाली राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान
नेपाली राष्ट्रिय महिला भलिबल टोली थाइल्याण्ड प्रस्थान
देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ : अध्यक्ष बिजुक्छे
देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ : अध्यक्ष बिजुक्छे
भारतको चर्चित जोडी छुट्टी मनाउन अमेरिकातर्फ
भारतको चर्चित जोडी छुट्टी मनाउन अमेरिकातर्फ
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
केपी ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डको आरोप
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको फार्मेसीमा तोडफोड
फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै
जर्नादन शर्मा : किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ
जर्नादन शर्मा : किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ

तपाईंले छुटाउनुभयो कि?