चलचित्र ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको गीत सार्वजनिक
सारांश
- काठमाडौं ।
- राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको गीत सार्वजनिक भएको छ ।
- यो गितको शब्द रचना दयाराम पण्डे, संगीत अर्जुन पोख्रेल, गायक राजेश पयल राई हुन् ।
काठमाडौं । राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको गीत सार्वजनिक भएको छ ।
यो गितको शब्द रचना दयाराम पण्डे, संगीत अर्जुन पोख्रेल, गायक राजेश पयल राई हुन् । ऋचा सिंह ठकुरीले धेरै अन्तरालपछि यसै चलचित्रबाट कम व्याक गर्ने भएकी छिन् ।
काठमाडौँ आसपास तथा पूर्वको रमणीय स्थानमा सुटिङ भएको यो चलचित्रमा बिनोद न्यौपने, राजेश ढुंगाना, ऋचा सिंह ठकुरी, यनि कुँवर, गौरी मल्ल, भोमन कटुवल लगायतको कलाकारको अभिनय रहेको छ ।
अल नेपाल रिलिज हुन लागेको यस चलचित्रलाई कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवले निर्माण गरेका हुन् भने कल्याण अधिकारी कै निर्देशन रहेको छ ।
https://www.youtube.com/watch?v=97XW8ovHkas&feature=youtu.be
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया