सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सरकार प्रदेश र संघको चुनाव हुन नदिने षडयन्त्र गर्दैछः अध्यक्ष ओली

सारांश

  • काठमाडौं ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र संघीय संसदको चुनाव नगराउने षडयन्त्र भइरहेको बताउनुभएको छ ।
  • राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सोमबार प्रमुख दलका नेताहरुको बैठकमा सत्तारुढ दलहरुले पहिले नै सहमति भइसकेको मतपत्र सम्बन्धी बखेडा झिकेर चुनाव टार्ने प्रपञ्च गरेको खुलासा गरेका छन् ।

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र संघीय संसदको चुनाव नगराउने षडयन्त्र भइरहेको बताउनुभएको छ । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सोमबार प्रमुख दलका नेताहरुको बैठकमा सत्तारुढ दलहरुले पहिले नै सहमति भइसकेको मतपत्र सम्बन्धी बखेडा झिकेर चुनाव टार्ने प्रपञ्च गरेको खुलासा गरेका छन् ।

‘हामीले तानेर ६ महिनासम्म लगाएर बल्ल स्थानीय तहको निर्वाचनमा यो सरकारलाई ल्यायौं, यो अपराधिक गठबन्धनले अव प्रादेशिक र संघीय संसदको चुनाव नगर्ने षडयन्त्र थालेको छ । हिजो दलीय बैठकमा पहिले नै सहमति भइसकेको मतपत्रका विषयमा बखेडा झिकेर त्यसको संकेत गरेका छन्,’ ओलीले भन्नुभयो ।

सोमबार प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक र प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन आयोगले गरेको तयारी विपरीत अलग अलग मतपत्र प्रयोग गर्नुपर्ने अडान राख्नुभएको थियो । पहिले दलहरुसँगको सहमतिमा आयोगले तय गरेको ब्यवस्थाविरुद्ध प्रधानमन्त्री देउवाले आपत्ति जनाएका हुन् । ओलीले देउवाको यस्तो ढिपीलाई चुनाव नगराउने षडयन्त्रका रुपमा लिनुभएको छ ।

कतिवटा मतपत्र भन्ने पहिले नै सहमति भइसकेको थियो । तर अहिले मतपत्र भएन भनेर बखेडा झिक्ने काम सरकारले गरेको ओलीको भनाइ छ । संविधान कार्यान्वयनका २ बर्ष बिषयक गोष्ठीमा अध्यक्ष ओलीले आयल निगमको अनियमिततामा भरियालाई कारवाही गरेर भारी बोकाउनेलाई जोगाउन खोजेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले चाले गगन थापालाई एक्ल्याउन यस्तो कदम !
देउवाले चाले गगन थापालाई एक्ल्याउन यस्तो कदम !
जनकपुरधाम ओर्लिए भारतीय प्रधानमन्त्री मोदी
जनकपुरधाम ओर्लिए भारतीय प्रधानमन्त्री मोदी
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
जनप्रतिनिधिका एक वर्ष: देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन !
जनप्रतिनिधिका एक वर्ष: देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन !
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।
विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए