न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
न्यायाधीशको पारिश्रमिकसम्वन्धी दुई विधेयक पास

सारांश

  • २२, असोज, काठमाडौं ।
  • व्यवस्थापिका संसदले न्यायाधीशको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी दुई वटा विधेयक पास गरेको छ ।
  • संसदको आइतबारको बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशरुको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पास गर्‍यो ।

२२, असोज, काठमाडौं । व्यवस्थापिका संसदले न्यायाधीशको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी दुई वटा विधेयक पास गरेको छ ।

संसदको आइतबारको बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशरुको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पास गर्‍यो । यस्तै उच्च र जिल्ला अदालतको न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्त सम्बन्धी विधेयक २०७४ पनि संसदबाट पास भएको छ ।

त्यसअघि आइतबारकै बैठकमा भएको दफावार छलफलका क्रमा सांसदले न्यायपालिकामा बढेको भ्रष्टाचार न्युनीकरण गर्दै न्यायलाई सर्वसुलभ बनाउनु पर्ने धारणा राखेका थिए ।

बैठकले राष्ट्रिय महिला आयोग विधेयकलाई संशोधनसहित पारित गरेको छ । आइतबारको बैठकमा विधायन समितिका सभापति गंगा चौधरी सत्गौवा र सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले आआफ्नो समितिको बाषिर्क प्रतिवेदन पेश गरेका थिए ।

संसदको अर्को बैठक मंगलबार बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?