चट्टान फोरेर यसरी बनाउँदैछ सेनाले सताक्षीधामको पदमार्ग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
चट्टान फोरेर यसरी बनाउँदैछ सेनाले सताक्षीधामको पदमार्ग

सारांश

  • झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा नेपाली सेनाले पदमार्ग निर्माण गरिरहेको छ ।
  • चारआलीमा तैनाथ  श्रीकाली बहादुर गणका नेपाली सेनाले  मन्दिर परिसरदेखि उत्तर झरनासम्म जाने १.
  • ५ किमी पदमार्ग निर्माण गरिरहेको हो ।

झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा नेपाली सेनाले पदमार्ग निर्माण गरिरहेको छ ।

चारआलीमा तैनाथ  श्रीकाली बहादुर गणका नेपाली सेनाले  मन्दिर परिसरदेखि उत्तर झरनासम्म जाने १.५ किमी पदमार्ग निर्माण गरिरहेको हो ।

हिन्दु धर्मवालम्विहरुको पर्व बाला चतुर्दशीमा सतबिज छर्न आउने भक्तजनहरु तथा उक्त धामको भ्रमण गर्न आउने आन्तरिक र बाहिरबाट आउने पर्यटकहरुलाई सहजरुपमा झरनासम्म पुग्नको लागि सहयोग गर्ने उद्धेश्यले पदमार्ग निर्माण गरिएको सताक्षीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले जानकारी दिए । सो पदमार्गमा सेनाको टोलीले खोला छेउमा रहेको चट्टानलाई फोरेर बाटोे निर्माण गरिरहेको छ

।त्यस्तै, विभिन्न स्थानहरुको पैरो पन्छाएर ढुंगा विछ्याई बाटो, विभिन्न ठाउँमा भ¥याङ  सिढीसहित निर्माण गरी आवतजावतमा सहज बनाउन लागेको गणले जनाएको छ ।

धाममा परापुर्व कालदेखि रहेको मैनाचुली ,पहाड, साना – गुफाहरुमा नाग आकारको आकृतिहरु ,शहस्स्रधारा, गाईको थुन जस्तो साना–साना पानीको थोपा खसिरहेने आकृति, विरेनुन औषधी पानी आउने स्थानहरु गएको श्रावण महिनामा आएको बाढीले पुरेको थियो ।

पैरो गएपछि मन्दिर परिसरदेखि माथी झरनासम्म भक्तजनहरु जान सकेका थिएनन् ।नेपाली सेनाले एक सातादेखि सताक्षीधामको पदमार्ग तथा देवालयहरु पुरानै अवस्थामा फर्काउन तिब्र गतिमा काम गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?