पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
५९ पटक हेरिएको
Shares
पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार ताप्लेजुङबाट पहिलो चरणको संयुक्त चुनाव अभियान शुरु गर्ने भएका छन्।
  • नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धनपछि दुवै दलका अध्यक्षहरुले संयुक्त रुपमा कार्यक्रम शुरु गर्ने भनिएको थियो ।
  • तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पनि ताप्लेजुङ नगै आफ्नो चुनावी क्षेत्रमै सक्रिय हुने उनका स्वकीय सचिव प्रकाश दाहालले बताएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार ताप्लेजुङबाट पहिलो चरणको संयुक्त चुनाव अभियान शुरु गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धनपछि दुवै दलका अध्यक्षहरुले संयुक्त रुपमा कार्यक्रम शुरु गर्ने भनिएको थियो । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पनि ताप्लेजुङ नगै आफ्नो चुनावी क्षेत्रमै सक्रिय हुने उनका स्वकीय सचिव प्रकाश दाहालले बताएका छन्। ‘आइतबारका लागि आफ्नै निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रमहरु हुने छन् । ताप्लेजुङको कार्यक्रममा जान नभ्याउनु हुने भो’ दाहालले भने ।

पार्टी एकताको विषयमा ओली र दाहालले तल्लो कमिटीहरुलाई जारी गरेको संयुक्त विशेष निर्देशनमा पहिलो चरणको चुनावमा कार्तिक १९ देखि २६ गतेसम्म आयोजना गरिने अभियानमा दुवै अध्यक्षहरुले सम्बोधन गर्ने उल्लेख थियो। सदरमुकाम फुङ्लिङमा आयोजना हुने कार्यक्रममा दुवै अध्यक्ष सहभागी हुने भनेर जिल्लाभर प्रचार गरिएको छ ।

प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा माओवादीको भागमा प्रदेशसभाको परेको छ । प्रतिनिधिसभामा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराई उम्मेदवार रहेका छन् ।

ताप्लेजुङमा हुँदा ओली एमालेका पूर्व महासचिव मदन भण्डारीको जन्मथलो ढुंगेसाँघु पनि जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला
‘प्रचण्डपुत्र प्रकाशको निधन’
‘प्रचण्डपुत्र प्रकाशको निधन’
​सडकमा आरजु देउवाको आतंक
​सडकमा आरजु देउवाको आतंक
दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेश
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेश