ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
सारांश
- काठमाण्डौं ।
- नेपाली काग्रेस ओखलढुङाका महासमिती सदस्य द्धय लिलाबल्लभ दाहाल (काका) र कुमार लुईटेलले जिल्ला कार्य समितीले आफुहरुको तेजोवद गर्न खोजेको बताएका छन् ।
- आज एक प्रेस बक्तब्य जारी गर्दै दुवै जनाले निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयको पिडाको समयमा कार्यकर्तालाई उत्साहित गराउनु पर्नेमा बिचलीत गराउने कार्य जिल्ला कार्यससिमतीबाट भएको भन्दै २५ गतेको निर्णय तत्काल सच्चाउन आग्रह गरेका छन् ।
काठमाण्डौं । नेपाली काग्रेस ओखलढुङाका महासमिती सदस्य द्धय लिलाबल्लभ दाहाल (काका) र कुमार लुईटेलले जिल्ला कार्य समितीले आफुहरुको तेजोवद गर्न खोजेको बताएका छन् । आज एक प्रेस बक्तब्य जारी गर्दै दुवै जनाले निर्वाचनमा पार्टीले भोग्नु परेको पराजयको पिडाको समयमा कार्यकर्तालाई उत्साहित गराउनु पर्नेमा बिचलीत गराउने कार्य जिल्ला कार्यससिमतीबाट भएको भन्दै २५ गतेको निर्णय तत्काल सच्चाउन आग्रह गरेका छन् ।
आफुहरुको सहभागीता र योगदानलाई नजरअन्दाज नगर्न पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ । बामगठबन्धनका कारण देश भर नै काँग्रेसले पराजय भोगीरहेको अवस्थामा आफुहरुको राजनितिक भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैसँग नभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । दाहाल र लुईटेलको संयुक्त हस्ताक्षर रहेको बिज्ञप्तीमा दशकौलामो राजनितीक संघर्ष र बलिदानीबाट प्राप्त अधिकारको प्रयोग गर्दै पार्टीलाई जिताउन आफुहरुले खेलेको भुमिका बिपरीत अन्तरघात गरेको भन्दै कारबाहीकालागि सिफारिसमा आफुहरुको नाम पर्नुले पुर्वाग्रह बाहेक केही नभएको भनिएको छ ।
प्रदेश सभाको उमेदवारमा आफुहरुको दावी रहेता पनि पार्टीले टिकट नदिए पछि निर्वाचन प्रचारमा लागेको स्मरण गर्दै पार्टीका कार्यकर्ता माथि बिभेद पुर्ण ब्यबहारको अन्त्य गर्न पनि पार्टी पंत्तिलाई आग्रह गरिएकोछ । अबका दिनमा पनि कार्यकता माथि न्यायोचित ब्यबहार नगरे पार्टी अझै कम्जोर बन्ने भन्दै चिन्ता समेत ब्यक्त गरिएको छ । यसै विच दाहाल र लुईटेललाई कारवाही गरेको भन्दै भं्रमको खेति नगर्न कार्यकर्ताहरुवाट जिल्ला कार्यसमितिलाई आग्रह गरेको छ । यस्तै रवैया रहिरहे पार्टी कव्जा गर्न आफुहर बाध्य हुने कार्यकर्ताहरको भनाई छ ।
प्रतिक्रिया