‘टाइगर जिन्दा हे’ को नयाँ रेकर्ड : पहिलो दिनको कमाई सुनेर अचम्म नपर्नु !
सारांश
- काठमाडौं ।
- सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ को पहिलो दिनको कमाई सुनेर तपाईँ अचम्म पर्न सक्नुहुन्छ ।
- यो चलचित्रले बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाएको छ ।
काठमाडौं । सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ को पहिलो दिनको कमाई सुनेर तपाईँ अचम्म पर्न सक्नुहुन्छ । यो चलचित्रले बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाएको छ ।
सन् २०१७ मा सलमान खानको यस फिल्मले कमाए जति कुनै पनि फिल्मले पहिलो दिन कमाएको छैन । क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर रिलिज भएको ‘टाइगर जिन्दा हे’ पहिलो दिन नै झण्डै ३८ करोड भारतीय रुपैयाँ कमाएको छ ।
सलमान खानले बक्स अफिस र दर्शक दुवैलाई नयाँ वर्षमा खुशी बनाउने अपेक्षा गरिएको छ । चलचित्रको समीक्षा पनि सकारात्मक नै आइरहेकाले चलचित्रको प्रदर्शन राम्रै हुने आंकलन गरिएको छ । दर्शकहरुले चलचित्रको एक्सन, रोमान्स, कथा, कलइमेक्स एकदमै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैप सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।
प्रतिक्रिया