लक्स कामना फिल्म अवार्डस् २०७४ माघ १६ मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
५८ पटक हेरिएको
Shares
लक्स कामना फिल्म अवार्डस् २०७४ माघ १६ मा

सारांश

  • काठमाडौं, पुस १८ ।
  • लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी माघ १६ गते अर्थात् जनवरी ३० तारिख मंगलबारका दिन हुने भएको छ ।
  • यसअघि पुस २२ गते शनिबारका लागि तय गरिएको अवार्ड समारोह विशेष प्राविधिक कारणवश माघ १६ गते मंगलबारका लागि सारिएको आयोजक कामना सिने मासिकले जानकारी गराएको छ ।

काठमाडौं, पुस १८ । लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी माघ १६ गते अर्थात् जनवरी ३० तारिख मंगलबारका दिन हुने भएको छ । यसअघि पुस २२ गते शनिबारका लागि तय गरिएको अवार्ड समारोह विशेष प्राविधिक कारणवश माघ १६ गते मंगलबारका लागि सारिएको आयोजक कामना सिने मासिकले जानकारी गराएको छ ।

लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना फिल्म अवार्ड्सको तेस्रो संस्करण शहीद दिवसको सार्वजनिक बिदाका दिन पारेर आयोजना गर्न लागिएको हो । कुल ३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्यताका साथ आयोजना हुनेछ ।

कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने लक्स कामना फिल्म अवार्डस् २०७४ मा गत वर्षबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ । तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुनेछ ।

सम्मान चलचित्रको : उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ । त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्ड पनि थपिएको छ । लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ । केवल एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन् । अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यबस्था गरिएको छ । ती विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ ।

लोकप्रिय १० विधामा एसएमएस भोटिङ गर्न सक्ने व्यवस्था मिलाइएअनुसार दर्शकहरुले आफूलाई मनपर्ने कलाकार र फिल्मलाई व्यापक रुपमा एसएमएस भोटिङ गरिरहेका छन् । अवार्ड समारोहका लागि तयारी चलिरहेको आयोजक कामना सिने मासिकको प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्ले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु !
भारतमा बस दुर्घटना हुँदा ४५ जनाकाे मृत्यु !
तदर्थवादमै बजेट
तदर्थवादमै बजेट
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
पीडितले जुटाएका प्रमाण प्रहरीले नै लुकाएपछि…
पीडितले जुटाएका प्रमाण प्रहरीले नै लुकाएपछि…
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
नेता निधिद्वारा चिकित्सकद्वयको स्वास्थ्य लाभको कामना
नेता निधिद्वारा चिकित्सकद्वयको स्वास्थ्य लाभको कामना
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै